बाहुण्डाँगी ।
बाहुण्डाँगी जेसीजको १४ औँ स्थापना दिवसको अवसर पारेर बुधवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई लिएर यस वर्षको स्थापना दिवस मनाइएको हो ।
बिहानको पहिलो चरणमा मेचीनगर ४ मा रहेको मानव सेवा आश्रममा रहेका असाय व्यक्तिहरुलाई भोजनको व्यवस्था गरिएको थियो । शाखाका अध्यक्ष देबु बानियाँको अध्यक्षता तथा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु बद्री निरौला, जीवन मोते, कन्चन उप्रेती, हेमन्त मोक्तान, केवल निरौला, प्रमुख बोर्ड सल्लाहकार समिर राई, वडा सदस्य पवन बराइली, समाजसेवी सुरज देवकोटा, अमृत लावती, मानव सेवा आश्रमका संयोजक खगेन्द्र विश्वकर्मलगायतले जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यकारीणी उपाध्यक्ष तथा संयोजक शुष्मा मिश्रले स्वागत गरेको कार्यक्रमको आस्थापाठ प्रविण चापागाई र सन्चालन महासचिव कौषल उप्रेतीले गरेका थिए । यसैगरी, दोस्रो चरणमा बिएण्सी अस्पतालमा उपचार गराइरहेकी मेचीनगर २ की ब्लड क्यान्सर पीडित सपना क्षेत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । जेसीजका सदस्यहरु, बलभद्र आवि र विभिन्न दाताले सहयोग रकम संकलन गरी परिवारका सदस्य सबिना पुरीलाई हस्तान्तरण गरिएको थियो ।
शाखा अध्यक्ष देबु बानियाँ, कोषाध्यक्ष नित्यानन्द चम्लगाई, उपाध्यक्ष किरण गौतम, सह कोषाध्यक्ष विदात गिरी, सदस्य प्रविण चापागाई, सदस्य कुमार आचार्य र सामाजिक अभियान्ता गोपी रिजालको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
यसैगरी स्थापना दिवसकै अवसरमा विरामी सपना क्षेत्रीलाई भएको रगत अभावलाई पुरा गर्न अध्यक्ष देबु बानियाँ र कार्यक्रम संयोजक सामुल रायाले रगत दान गर्नु भएको थियो ।
यो वर्ष जेसीजले पुण्य दिनमा पुण्य कर्म भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो । यो सहित बाहुण्डाँगी जेसीजले ४८ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ ।