अर्जुनधारा ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्सय विकास निर्देशनालय कोशी प्रदेशको आयोजनामा खोरेत रोग नियन्त्रण आयोजनाको विषयमा प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष ०८१÷०८२देखि इलाम जिल्लाबाट शुरु भएको आयोजना बारे जानकारी दिने उद्देश्यले पशु सेवा विभाग, क्वारेन्टाइन तथा सरोकारवालाहरुसँगको सहभागितामा झापाको अर्जुनधारामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्नका लागि तीनै तहको सहकार्य तथा समन्वयमा रोग नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजना शुरु गरिएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा.गंगाराम यादवले बताए ।
अर्जुनधारा नगरपालिकाको संयोजन रहेको कार्यक्रममा निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत यादवले खोरेत रोग नियन्त्रण आयोजना सम्बन्धी जानकारी, विभागका पशु चिकित्सक डा.चिरञ्जिवी पन्तले खोरेत रोग नियन्त्रणमा पशु क्वारेन्टाइनको भूमिका र महत्व एवम् निर्देशनालयका निर्देशक डा.पशुपति ढुंगानाले जुनोटिक रोग र एक स्वास्थ्य रणनीति बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
इलामसहित झापा, मोरङ र सुनसरीका जनप्रतिनिधि, पशु क्वारेन्टन कार्यालय, कार्यालय अन्र्तगतका चेकपोष्ट, पशुपन्छी तथा मत्स्य विकास शाखाका कर्मचारी, पत्रकारहरुलगायतको सहभागिता रहेको कार्यक्रममा ६५ जना बढीको सहभागिता रहेको बताइएको छ ।
नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षता र मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत निर्देशनालयका अधिकृत पुरुषोत्तम पाण्डेले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत यादवले गरेका थिए ।