ऋद्धी सिद्धीको १६ औं वार्षिक साधारणसभा सम्पन्न

0
44

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

स्थानीय सामुदायिक भवनको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष कुसुम राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिकी अध्यक्ष राईले संस्थाको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन, व्यवस्थापक चन्द्रकला राईले गत आर्थिक वर्षको वास्तविक तथा चालु आर्थिक वर्ष ०८१÷०८२को अनुमानित बजेट र लेखा समितिकी संयोजक कमला भट्टराईले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा शेयरपूँजी ६० लाख ५८ हजार दुई सय रुपैयाँ, बचत संकलन दुई करोड १० लाख ६९ हजार १७ रुपैयाँ, बचत फिर्ता दुई करोड ३० लाख २८ हजार आठ सय ८९ रुपैयाँ, ऋण लगानी ८८ लाख २४ हजार आठ सय ६५ रुपैयाँ, ऋण असुली ९८ लाख २३ हजार सात सय ५९ रुपैयाँ, विभिन्न शिर्षकमा १२ लाख ९२ हजार एक सय ५६ रुपैयाँ रहेको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी २५ लाख ७५ हजार तीन सय ४० रुपैयाँ, जम्मा खर्च २३ लाख ८६ हजार तीन सय ६३ रुपैयाँ र शुद्ध नाफा एक लाख ८८ हजार नौ सय ७७ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा ज्येष्ठ शेयर सदस्यद्वय अर्जुनधारा–५ निवासी पार्वता बराल(१००) र अर्जुनधारा–८ निवासी प्रेमबहादुर चापागाईं(८३), असल बचतकर्ताद्वय अर्जुनधारा–५ निवासी दिपीका दुलाल र अर्जुनधारा–८ निवासी अन्जुना खातुन र असल ऋणी अर्जुनधारा–४ निवासी निर्मला राईलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी कृषि व्यवसायीतर्फ अर्जुनधारा–७ निवासी पार्वती तामाङ र गत शैक्षिक वर्ष २०८०को एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल शेयर सदस्यहरुका सन्तानमध्ये अर्जुनधारा–७ निवासी बाबादेवी निरौलाकी छोरी प्राची निरौला, अर्जुनधारा–८ निवासी निलम राईकी छोरी जुलीया राई र अर्जुनधारा–९ निवासी मनकुमारी धिमालकी छोरी रोजी धिमाललाई पनि सम्मानित गरिएको थियो ।

लेखा समितिकी सदस्य माया पौडेलले चेतनामूलक कविता तथा गीत प्रस्तुत गरेको कार्यक्रममा लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रकुमारी सुब्बा, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, श्रद्धा कृषि सहकारी संस्थाका सचिव कृष्णप्रसाद चापागाईं, संस्थाकी सल्लाहकार देवकला प्रसाईंलगायतले मन्तव्य राखेका थिए । लेखा समितिकी सदस्य पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here