योगी परिवारलाई सहयोग

0
24

बुट्टाबारी ।

स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा–११ ले योगी परिवारलाई नगदसहित खाद्यान्न हस्तान्तरण गरेको छ ।

अर्जुनधारा–११ का शंकर योगीकी श्रीमती निर्मला योगीको असमायिक निधनले योगी परिवारमा १३ दिने काजकिरिया गर्न आर्थिक समस्या भएको भन्दै समाजले सहयोग गरेको हो ।

स्वच्छ समाजका लागि सामाजिक अभियानका अभियन्ता गणेश ढुंगानाले सहयोगी दाताहरु बिर्तामोड–३ निवासी कृष्णकुमार गिरी, डिल्ली सुनिता ओली बिर्तामोड, रीता मल्लिक, अनुप श्रीवास्तव, सुरेन्द्र चौधरी, मार्मिक देवान, लीला बस्नेत, तालाचन चौधरी लगायतले छ बोरा चामल, दाल, खानेतेल, आटा सब्जी लगायत नगद छ हजार एक सय १० रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष खगेन्द्र इङ्गनाम, जगतबहादुर मगर, वीपी कोइराला, जनप्रतिनिधि सुशिला गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव अभिचन्द्र बाँस्कोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here