टोल विकास संस्थाले खम्बबहादुरको जन्मोत्सव मनायो

0
24

चारआली ।

स्थानीय ८३ वर्षीय बयोवृद्ध समाजसेवी खम्बबहादुर कार्कीको जन्मोत्सव टोल विकास संस्थाले गरिदिएको छ ।

स्थानीय बाल पुस्पिका मण्टेश्वरीको सभाकक्षमा शिवशक्ति टोल विकाश संस्थाद्वारा केक नकाटी ड्राइगन फुड काटेर दीप गर्दै भजन किर्तन गरेर मनाइएको छ ।

टोल विकास संस्थाका अध्यक्ष सचिन आचार्यको सभापतित्व एवम् मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बालपुस्पिका कि प्रीन्सिपल भारती काङवाङ, नारद राई, देवी खनाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सहजीकरण स्थानीय युवा समाजसेवी बद्री महतले गरेका थिए ।

वि.सं.२०१३ सालदेखि चारआलीमा बसोबास गर्दै आएका कार्कीले स्थानीय दर्जनभन्दा बढी संस्थाहरुमा उल्लेख सहयोग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here