कम्पनी बन्द भएपछि साउदीमा अलपत्र १६ नेपाली फर्किए

0
21

योगेन्द्र योगी
बिराटनगर,

आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका १६ नेपाली युवा स्वदेश फर्किएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका अनुसार उनीहरुलाई कम्पनीले तलब नदिएको,काम पनि नदिएको र सबैको अकामाको म्याद सकिए पनि विगत ४ महिला देखि खान समेत नदिई अलपत्र अवस्थामा छाडेका थिए।

उनीहरुलाई खानाको समेत समस्या भएपछि एनआरएनए साउदीको समन्वयमा एनआरएनए आरसीसी रियादले खाद्यान्न उपलब्ध गराएको थियो भने एक्जित भिसा प्रक्रियाको लागि रियादस्थित नेपाली दूतावाससँग समन्वय गरेको थियो। स्वदेश फर्किदै गर्दै उनीहरुले विगत २०१५ देखि कम्पनी कार्यरत रहेको र २०२४ सेप्टेम्बरमा कम्पनी बन्द भएको तथा विगत दुई महिना देखि तलव पनि नदिएको बताएका छन्।

‘कम्पनी एक्कासी कम्पनी बन्द भएपछि खानामा समस्या भयो घर फर्कदै गर्दा एक नेपालीले भने,’त्यसपछि हामी साउदीमा क्रियासिल संघसस्था कहाँ गयौ,त्यहाँबाट खानाको व्यवस्था भयो र दूतावासले पनि कुनै समस्या भयो भने हामी सहयोग गर्छौ भन्यो। ‘ ४ महिना देखि बिना तलव बस्नु पर्दा कस्तो समस्या भयो त्यो त हामीलाई मात्र थाहा थियो ती नेपालीले थपे।’ तर पनि हामीले हिम्मत हारेनौ सहयोग गर्ने सबै संघसस्था प्रति आभार व्यक्त गर्दछौ।’

उनीहरुलाई एनआरएनए र दूतावासको सहयोगमा एक्जित भिसा प्राप्त गरी नेपाल फर्काउन सफल भएको एनआरएनए आरसीसी रियादका सचिव जितेन्द्र थपलियाले बताए। सचिव थपलियाले अब फेरी विदेश आउदा बुझेर मात्र आउँन तथा सप्लाई कम्पनीमा नआउँन समेत अनुरोध गरेका थिए। पछिल्लो समय साउदीमा कम्पनीले समयमा तलव नदिने तथा अकामा पनि रिन्यु नगरिदिंदा कमाएको धेर थोर पैसा पनि पठाउन समस्या हुने गरेको छ।

अकामा नहुँदा बिदाको समयमा बाहिर हिड्डुल गर्न समस्या भएको बताए। साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा रिन्यु गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन्। अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या उनले गरेको छ।

आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेको छ। साथै, यस्ता घटनाहरुलाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत रहेका नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट बञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन त्यहाँ कार्यरत नेपालीहरुलाई समय-समयमा अनुरोध गर्दै आएको छ।

कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिवाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण हजारौं नेपाली स्वदेश फर्किन सकेका छैनन् ।साउदीमा विभिन्न पेशामा करिव ५ लाख भन्दाबढी नेपाली कार्यरत रहेको पाईन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here