कमल ।
झापाको दमकमा एक दिने रोजगार मेला २०८१ सम्पन्न भएको छ ।
दमक टेक्निकल एजुकेशन फाउण्डेशन तथा श्रीयन्त्र कलेजले दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघको सहकार्यमा एक दिने रोजगार मेला सम्पन्न भएको हो । “ उन्नत प्रविधि सक्षम व्यवस्थापन, उज्यालो भविक्ष्य हाम्रो अभियान” भन्ने नाराका साथ एजुकेशन फाउण्डेशनको प्राङ्गणमा मेला आयोजना गरिएको हो ।
दमक टेक्निकल एजुकेशन फाउण्डेशन तथा श्रीयन्त्र कलेजका अध्यक्ष महेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा तथा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन भएको थियो ।
यस्ता कार्यक्रमले रोजगार प्रदान गर्नुहुने रोजगार प्रदायक सस्था र रोजगारीको खोजिमा रहनु भएको व्याक्तिहरलाई एकै ठाउँ भेलागराई दुबै जनालाई सजह बनाउनकालागी मेला उपयोगी हुने दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले बताउनुभयो ।
पछिल्लो समय लाखौं युवाहरु रोजगारीकोलागी वैदेशीक रोजगारीमा जानु भएको छ । यस्ता कार्यक्रमले स्वदेशमै रोजगारी प्रदान गर्न सकिन्छ , जसलेगर्दा युवाहरुलाई स्वदेशमै रोजगारीका प्रशस्तै अवसर प्रदान गर्न मेला उपयोगीहुने दमक नगरपालिका ९ नम्वर वडा अध्यक्ष कुवेर प्रसाद भट्टराईले बताउनु भयो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई, श्रीयन्त्र कलेजल सल्लाहकार गोपाल प्रसाद काफ्ले, होलसेल व्यवसायी संघका सचिव रमेश खतिवडा, थ्रीईन होटलका मेजेनिङ्ग डाईरेक्टर भवानी विक्रम नेम्वाङ्गलगायतले रोजगार मेलाको बारेका बोल्नु भएको थियो ।
रोजगार मेलामा १६ वटा रोजगार प्रदायक सस्थाहरु बाट ४१ जना कामदार माग गरिएको थियो । करिब चार सय जनाले मेलाको अवलोक गरेका थिए भने १ सय ६२ भन्दा बढी संघ सस्था बाट अध्यायन अनुसन्धान गरिएको थियो । कार्यक्रमको संचालन कलेजका संचालक समिती सदस्य केदार रिमालले गर्नु भएको थियो भने प्रिन्सपल श्याम कुमार बिष्टले स्वागत गर्नु भएको थियो ।