कमलबाट लागूऔषधसहित एक जना पक्राउ

0
26

कमल ।

झापाको कमल गाउँपालिकाबाट लागूऔषधसहित एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी केर्खाका वरिष्ठ प्रहरी नायब निरीक्षक चन्द्रबहादुर शाक्यको कमण्डमा खटिएको प्रहरी टोलीले आज विहान कमल गाउँपालिका वडा नम्वर ४ ज्योती चौकबाट अन्दाजी वर्ष ३५ का धनवहादर राईलाई लागूऔषध सहित प्रहरीले नियन्त्रण लिएको हो ।

नियन्त्रणमा लिएको राईको साथबाट एक ग्राम ब्राउन सुगर र लागूऔषध जोख्न प्रयोग गरिने मेसिन सहित नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय दमक पठाईएको प्रहरी नायब निरीक्षक शाक्यले जनाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here