योगेन्द्र योगी
बिराटनगर,
माेरङकाे सुन्दरहरैँचा- ७ स्थित पूर्वपश्चिम राजमार्गमा हाल निर्माण भइरहेको एसियन हाइवेमा द्वन्द्वकालमा राखिएको चारवटा सिलिन्डर बम फेला परेका हो । सुन्दरहरैँचा नगरपालिका– ७ मा मालती पुलनजिकै सडकमा गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेकाे मोरङका प्रहरी प्रमुख नारायण प्रसाद चिमरीयाले जानकारी दिए।
प्रहरी प्रमुख चिमरीयाका अनुसार हाइवे निर्माणको क्रममा केहि शंकास्पद वस्तु होकी भन्ने सूचना आएकापछि ठूलो संख्यामा प्रहरी परिचालन गरी अनुसन्धान गर्दा दण्डकालमा जमिन मुनि गाडिएको चार वटा सिलिन्डर बम भेटियो बताए। राजमार्गमा गाडिएको अवस्थामा भेटिएका बम द्वन्द्वकालकै भएकाे उनले बताए ।
उक्त चार वटा सिलिन्डर बमलाई दिनभर लगाएर नेपाली सेनाले निष्क्रिय बनाएको उनले बताए। बम रहेको सूचना आएपछि प्रहरीले बिहिबार बिहान ८ बजेदेखि यातायातका साधनलाई राेकेर सर्च अभियान चलाएको थियाे । यातायात अबरुद्ध नहोस भनेर बैकल्पिक बाटो व्यवस्था गरी नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सलकपुरले अनुसन्धान सर्च अप्रेशन गरेको थियो।
माओबादी केन्द्र सुन्दरहरैंचाका अध्यक्ष दुश्यन्त भट्टराईका अनुसार आज भन्दा २०/२१ बर्ष अगाडी द्वन्द्वकाल त्यस ठाउँमा जमिन मुनि एम्बुस राखिएको भन्ने केहि साथीहरुबाट सूचना रहेको र अहिले एसियन हाइवे निर्माण गर्दा कतै बिस्फोर्ट भएर दुर्घटना हुन्छ भनेर प्रशासनलाई खबर गरिएको बताए।
यो राख्ने कोहि साथीहरु विदेश तीर हुनुहुन्छ,कोहि कहाँ हुनुहुन्छ त्यति खेर शान्ति प्रक्रिया सुरु भैसकेपछि त्यो निकाल्न भुलेको वा नभ्याएको हुन् सक्ने अनुमान गरिएको उनले बताए। सोही अनुसार नेपाली सेनाले बम डिस्पोजल गरेको बताए।