पथरी शनिश्चरे।
मोरङको पथरी शनिश्चरे वडा नम्बर २ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
आज बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। “रक्तदान: जीवनदान” भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा आयोजना तथा रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाभित्रका विभिन्न सामाजिक, शैक्षिक तथा वित्तिय संघ- संस्थाहरूका महानुभावहरूले रक्तदान गर्नुभएको थियो।
पथरी शनिश्चरे वडा नं १ को पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले ‘एक पाउन्ट’ रगत दान गर्नु हुँदै शुभारम्भ भएको उक्त कार्यक्रममा रेडस्टार माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन , सुनाखारी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा शैक्षिक अभियन्ता प्रदीप कुमार राई, पूर्वाञ्चल दैनिकका प्रतिनिधि छविराज ढकाल, तथा रेडस्टार माविका शिक्षक- शिक्षिका , चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयका शिक्षक शिक्षिका तथा छात्र- छात्राहरू, लर्डबुद्ध साकोसका सञ्चालक तथा कर्मचारीहरू एवंम् अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनुभएको व्यवस्थापक गणेश कुमार वाच्छना राईले जानकारी दिनुभयो ।
उक्त अवसरमा साकोसका अध्यक्ष धनराज राई’ अमीर, सचिव महेन्द्र ढुङ्गाना, कोषाध्यक्ष दोर्णबहादुर खड्का लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।