अधिकारी बन्धुको जिल्ला अधिवेशन

0
24

कोटीहोम ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा रत्नबहादुर अधिकारीको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मतरुपमा चयन भएका छन् । उपाध्यक्ष प्रकाश बलराम, महिला उपाध्यक्ष सपना, सचिव लक्ष्मीप्रसाद, सहसचिव गोपाल र कोषाध्यक्ष राजन अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बिर्तामोड नगरपालिकाबाट नन्दिकेशर, मेचीनगर नगरपालिबाट रामचन्द्र, भद्रपुरबाट बलिभद्र, कन्काई धनकला, दमक नर्मदा, गौरादह मदन, बुद्धशान्ति सीता, बाह्रदशी गंगा प्रसाद, कचनकल रामचन्द्र र कमल गाउँपालिकाबाट महेन्द्र अधिकारीलाई निर्वाचन समितिका संयोजक यज्ञप्रसाद अधिकारीले सपथ गराएका थिए ।

संस्थाका का.बा.अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्र कुमार अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी झापा जिल्ला अदालतका न्यायाधीश प्रकाश अधिकारी, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख गोपालकुमार अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

वंश प्रतिष्ठानका जग्गाहरूमा कुल मन्दिरसहित संरचना निर्माण गर्न प्रतिष्ठानले गुरु योजना तयार गरी भौतिक पूर्वाधार मन्त्रालय मार्फत प्रदेश योजना आयोगमा आएका कार्यक्रमलाई केही हदसम्म सहयोग गर्न सकिने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. अधिकारीले बताएका थिए ।

संस्थाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज, पूर्व अध्यक्ष मोहन, केन्द्रीय महासचिव चिरञ्जीवी, कोषाध्यक्ष निमेष, अधिवक्ता जीवन, जग्गादाता जङ्गबहादुर, दानबिर कल्पना, केन्द्रीय सदस्य लक्ष्मीदेवी, चन्द्रमणि, मोरङ अध्यक्ष गुरुप्रसाद, सनत, रेखा, अम्बिका, पुरुषोत्तम, सूर्यप्रकाश, खिबलाल, पण्डित शङ्कर, भुटानका पुण्यप्रसाद, बर्माबाट टीकाराम, पश्चिम बङ्गालबाट सुरेश र हरि कश्यप, झापाका १५ पालिकाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कनकाई धाम व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी उपरीक्षक प्रकाश बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकारसहित बन्धुहितमा कार्य गर्ने पालिकाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पत्रकार महासङ्घको अधिवेशनमा झापा जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित द्रोण अधिकारी, सुदीप अधिकारी र कोशी प्रदेश परिषद् सदस्य बेनुप्रसाद अधिकारी, उल्लेख्य कार्य गरेबापत दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र कचनकल गाउँपालिकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि नरेन्द्रकुमारले कार्यक्रममा उपस्थित बन्धुहरूलाई मायाको चिनोद्वारा सम्मान गरेका थिए । संस्थाका कोषाध्यक्ष रमेशप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव सपना अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here