सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–११ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
प्रदेश १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा पैदल यात्री स्थानीय ८६ बर्षीय वीरबहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न सवारी साधन र चालक धरान–८ का ४८ बर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।