बिर्तामोड ।
झापा अर्जुनधारा –१ स्थित शंकराचार्य पीठ साधुटारमा सञ्चालित अतिरुद्र माहायागमा भद्रपुर निवासी दीपक पोखरेलले ११ लाख ११ हजार १ सय रुपैयाँ दान गरेका छन् ।
महायागका प्रमुख याजक रहेका पोखरेलले अनुष्ठान सफलताको कामनासहित उक्त रकम प्रदान गरेका हुन् ।
पोखरेललाई शंकराचार्यपीठले सम्मान प्रदान गरेको छ । प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टको आतिथ्यमा पोखरेललाई सम्मान गरिएको पीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
यसैगरी प्रदेश मन्त्रीपरिषद्का सचिव केदारनाथ शर्मालाई पनि शंकराचार्यपीठले सम्मान गरेको छ । यसैवीच महायागमा शनिवार जगद्गुरु बालशन्त मोहनशरण देवाचार्यको प्रबचन रहेको थियो । साथै कथा व्यास पण्डित कुबेर सुबेदीले पनि प्रबचन दिएका थिए ।
एकसय २१ ब्राह्मणद्वारा दैनिक शिव अर्चनाका साथ साधुटारमा अतिरुद्री महायाग सञ्चालनमा भइरहेको छ । प्रत्येक दिन विद्वान रबिदुषीहरुद्वारा कथा प्रवचन भइरहेको उक्त अनुष्ठानमा दर्शनार्थीहरुको उपस्थिति दिनहुँ बढिरहेको छ ।
विश्वशान्तिको कामनासहित सञ्चालन भइरहेको अतिरुद्र महायाग माघ ११ गते समापन हुने बरिष्ठ उपाध्यक्ष शान्तिराम नेपालले जानकारी दिएका छन् ।