रक्तचन्दन तस्करीको जाल तोड

0
22

रक्तचन्दन विश्वसामु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धिको अनुसूचि २ मा सूचीकृत प्रजातिको वनस्पति हो । उक्त अनुसूचिमा सङ्कटापन्न जीवजन्तु र वनस्पतिलाई राखिएको छ । त्यसैले सङ्कटापन्नको सूचीमा रहेको वनस्पतिको ओसारपसार गर्न पाइँदैन । उक्त सन्धिमा समर्थन जनाएर हस्ताक्षर गर्ने देशमा नेपाल पनि पर्छ । त्यसो त रक्तचन्दनलाई मानव स्वास्थ्यका लागि अपरिहार्य तत्व मानिन्छ । स्वस्थ मस्तिष्कद्वारा नै स्वच्छ एवम् स्फूर्त विचार प्रवाहित हुन्छ र जो प्रकृतिबाटै प्राप्त हुन्छ । अर्थात् प्रकृतिमा रहेका अनेक तत्वमध्येको एक रक्तचन्दनले प्रदान गर्छ । नेपाल आफैं अपार जडिबुटी र वनस्पतिको भण्डार हो । त्यही भण्डारभित्र यार्सागुम्बा, पाँचऔंले, जटामासी, श्रीखण्ड, रक्तचन्दन आदि पाइन्छन् र नेपालीले यस्ता दुर्लभ वनस्पतिको उपयोग जानी–नजानी गरिरहेका छन् ।

रक्तचन्दन पाइने प्रशिद्ध ठाउँ भनेकै भारतको आन्ध्र प्रदेश, कर्नाटक र राजस्थान हुन् । तर, नेपालमा विभिन्न भागमा थोरै–थोरै रक्तचन्दन पाइन्छ । यो वनस्पतिको प्रयोग आरामदायी, सौखिन तथा विलाशितापूर्ण जीवन बाँच्नका लागि हुने गरेको छ । बाहिर सेतो र भित्र रातो हुने यसको विशेषता नै सुगन्ध हो । यसको औषधीय गुण पनि छ जुन सुन्निएको, छालाको रोग, पोलेको, आँखा दुखेको, पेटको विकार, काटेको, टाउको दुखेको अवस्थामा घोटेर लेप लगाइन्छ । यस बाहेक अन्य थुप्रै अवस्थामा प्रयोग गरिने रक्तचन्दन बहुगुणकारी वनस्पति हो । त्यसैले पनि रक्तचन्दन तस्करहरुको रोजाइमा पर्ने गरेको छ र नेपाललाई ट्रान्जिट पोइन्टका रुपमा प्रयोग गरेको घटनाहरु सार्वजनिक हुने गरेका छन् । त्यसैले पछिल्लो उदाहरण बनिएको छ यसै साता काठमाडौंको पेप्सिकोलामा बरामद भएको चार क्वीन्टलभन्दा बढी रक्तचन्दन । प्रहरीले उक्त परिमाणको रक्तचन्दनसहित रमेश थापा र ज्ञानबहादुर तिम्सिनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुले राजनीतिक नेतृत्वकै साथ र सहयोगमा रक्तचन्दनको तस्करी भइरहेको बताएको प्रहरीको भनाइ छ । यसले राजनीतिक दल, नेता र नेतृत्वको अगुवाई र संरक्षणमा गैरकानूनी गतिविधि सञ्चालन हुन्छन् भन्ने आरोपलाई बल पु¥याएको छ । भारतबाट अबैधरुपमा नेपाल ल्याइएका रक्तचन्दन गत बैशाखमा भारत फिर्ता पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । अठाह्र जिल्लाबाट बरामद गरेको रक्तचन्दन उत्पत्ति भएको देशमै फिर्ता पठाउने सरकारको निर्णय यसअघि पनि भएको थियो । रक्तचन्दन भारतबाट नेपाल ल्याउने र चीनमा अवैध ढंगबाट तस्करी हुने गरेको छ । चीनमा सम्पन्न परिवारले रक्तचन्दनको प्रयोग फर्निचरमा गर्ने गरेको बताइन्छ । त्यसबाहेक सौन्दर्य सामग्रीमा पनि यसको प्रयोग हुन्छ । प्रकृतिले दिएको सुन्दर उपहारमध्येको एक हो रक्तचन्दन र यो वातावरणीय शुद्धताको आधार पनि । यो जान्दाजान्दै पनि मानिस आफ्नै अस्तित्व संकटमा पार्न उद्यत छ । यसले मानिस स्वयम्को अस्तित्वसँगै आफू बाँचेको धर्ती र वातावरण संकटमा परेको छ । क्षणिक लाभका लागि दुर्बल जीवजन्तुको चोरीशिकारी, ओसारपसार तथा व्यापारले हामीसँगै विश्वकै सौन्दर्यमा पार्ने दुष्प्रभावप्रति सचेत होऔं र पवित्रताको रक्षा गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here