शनिश्चरे बजारमा प्रशिक्षण केन्द्रसहितको कैफीन क्राफ्ट क्याफे

0
890

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा शुक्रबारदेखि प्रशिक्षण केन्द्रसहितको कैफीन क्राफ्ट क्याफे सञ्चालनमा आएको छ ।

कफीका पारखी र कफी सम्बन्धी ज्ञान र सीप सिक्न चाहने प्रशिक्षार्थीहरुलाई लक्षित गरि आन्तरिक पर्यटनमा प्रबद्र्धन गर्ने उद्देश्यले उक्त क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक स्थानीय युवा व्यवसायी बादल कुँवरले जानकारी दिए ।

प्रारम्भिक लगानी १० लाख रुपैयाँको लागतमा शनिश्चरे पार्टी प्यालेसको तेस्रो तलामा सञ्चालन भएको क्याफेमा हट कफी, कोल्ड कफी, मोकटेल्स, बेकरी आइटम्स आदि पाइने बताइएको छ ।

त्यसैगरी क्याफेमा कफी सम्बन्धी ४५ र ६५ दिने प्रशिक्षण सञ्चालन हुनेछ । जसअनुसार ४५ दिने अन्र्तगत बारिस्टा र वेटर तथा ६५ दिने अन्र्तगत बारिस्टा, वेटर र क्यासियर सम्बन्धी सीपसँगै प्रशिक्षार्थीहरुलाई इन्टर्नसीप प्रदान गरिने छ ।

क्याफेको अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । कार्यक्रममा फरवार्ड एजुकेशन फाउन्डेशन झापा प्रा.लि.का प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरी, अर्जुनधारा युवा क्लबका अध्यक्ष गोपाल थापा, सचिव सविन श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here