शिक्षा मानवीय चेतना जाग्रत गराउने आधार हो । त्यसैले शिक्षालाई पूर्वाधार विकासको प्रथम आधारका रुपमा स्वीकार गरिएको छ । शिक्षाले नै सार्वजनिक हित र दायित्व निर्वाह गर्ने चेतनाको जागरण गराउँछ र कर्तव्य निर्वाहप्रति सजग गराउँछ । त्यही कारण संयुक्त राष्ट्रसंघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाप्रति सम्पूर्ण विश्वलाई जागरुक गराउने उद्देश्यले जनवरी २४ का दिनलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यही सन्दर्भमा विश्वभर आजको दिन विविध कार्यक्रमहरु गर्दै शिक्षा दिवस मनाउने गरिन्छ ।
भनिन्छ रुप, यौवनले पूर्ण भएको, ठूलो कुलमा जन्मिएको भए पनि व्यक्ति शिक्षाविहीन छ भने पँलासको फूल सरह हुन्छ । पँलास एउटा वनस्पति हो, जसको पूmल सुन्दर देखिन्छ । तर, त्यसमा सुगन्ध हुँदैन र भगवानलाई चढाइँदैन । यस अर्थमा पनि मानिस ज्ञानवान भएमात्र परिवार, समाज र देशको सौन्दर्य बढ्छ । मानिसका लागि भोजन, बास, बस्त्र, स्वास्थ्य र शिक्षा अनिवार्य हुन्छन् । शिक्षा अनुभवबाट पनि प्राप्त गर्न सकिन्छ र पाठ्यपुस्तक अध्ययनबाट पनि । यही सत्यलाई आत्मसात गरेर संयुक्त राष्ट्रसंघले विश्व शान्ति र विकासका निम्ति भन्दै आजको दिनलाई अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउन आह्वान गरेको हो ।
शिक्षा जीवनको आधार हो । शिक्षा, ज्ञान, सिप, क्षमता प्राप्त गर्ने माध्यम पनि हो । ज्ञान, सिप र क्षमता प्राप्त गर्न पढ्नुपर्छ । त्यसैले शिक्षाको महत्व उजागर गर्न हामीकहाँ शिक्षाको उज्यालो घामबाट कुनै पनि बालक वञ्चित नहुन् भनेर शिक्षा दिवस मनाउन थालिएको थियो । शिक्षाको प्रकाशबाटै मानिसले सुखी र समृद्ध जीनवको आधार तय हुने हुँदा यसलाई विकास र परिवर्तनको प्रमुख कारकतत्व मानिएको हो । असल शिक्षाले नै असल तथा मानवीय भावना र संस्कार प्रदान गर्छ । यसले व्यक्तिको सशक्तिकरण, जीविकोपार्जनदेखि सामाजिक हुन उत्प्रेरित गर्छ । कतिपय परम्परागत मान्यतालाई तर्क र आधारमा परिष्कृत पनि गराउँछ ।
कुनै पनि देशको विकास तथा निर्माणको समेत मुख्य आधार रहेको शिक्षाबाट आज पनि विश्वका झण्डै आठ करोड बालबालिका वञ्चित छन् । झण्डै अढाई करोड बालबालिकाले विद्यालयीय शिक्षा नै पूरा गर्न पाएका छैनन् । यस्तोमा सबैका लागि शिक्षा अनिवार्य र सहज गराउँदै अँध्यारोबाट उज्यालोतर्फ दोहो¥याउने शिक्षाको प्रकाश आज पनि चाहिएको छ । यही सन्दर्भमा यस वर्षको नारा शिक्षा र आर्टिफिसियल इन्टिलिजेन्स, मानवीय क्षमतालाई स्वचालनको युगमा जोगाउने भन्ने तय गरिएको छ । सन् २०२५ मा विश्वबाट हिंसा घटाउन र शिक्षा सबैको पहुँचमा पु¥याउन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । आजको आवश्यकता हो कि शिक्षाको अधिकार सबैका लागि समान होस् र पहुँचमा पुगोस् ।