पुस्तक व्यवसायी महासङ्घको महिला व्यवसायीको राष्ट्रिय भेला पोखरामा

0
159

विनोद सापकोटा
पोखरा,

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिको आयोजनामा पहिलो पटक महिला सम्मेलन सुरु भएको छ।

पर्यटकीय नगरी पोखरामा शुक्रबार देखि ऐतिहासिक महिला सम्मेलन सुरु भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण चन्द्र पोखरेलले बताए ।

सम्मेलनमा देशभरका करिब ३०० पुस्तक तथा स्टेसनरी व्यवसायमा संलग्न महिला व्यवसायीको सहभागिता छ। यो सम्मेलनबाट महिलालाई व्यवसायमा कसरी अब्बल बनाउन सकिन्छ, नेतृत्व कसरी प्रदान गर्न सकिन्छ र पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको महासंघकी केन्द्रीय सचिव समेत रहेकी कार्यक्रम संयोजक कोपिला गिरीले बताइन्।

कार्यक्रम महाशङ्का केन्द्रीय अध्यक्ष शिवसागर शर्माको अध्यक्षतामा भएको थियो। पोखराको होटल पौवामा शुक्रबार देखि सुरु महासङ्घको राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन हुने महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी ले जनाए । उनले भने , ुमहासंघको सत्रौँ वार्षिक साधारण सभा अन्तर्गत व्यवसायमा जोडिएका महिलाहरूको ऐतिहासिक राष्ट्रिय भेला आयोजना भएको हो।’

शनिबार होटल पौवामै महासङ्घको सत्रौँ वार्षिक साधारण सभाको भव्य उद्घाटन हुने आयोजक समितिका सहकोषाध्यक्ष रविन बरालले बताए । राष्ट्रिय महिला सम्मेलन अन्तर्गतको पहिलो सत्रको स्वागत मन्तव्य महासंघकी पूर्व सचिव शकुन्तला शर्माले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण संयोजक समेत रहेकी महासङ्घकी केन्द्रीय सचिव कोपिला गिरीले गरेकी थिइन्।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष कृष्ण पाण्डेको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा स्याङ्जा जिल्लाका अध्यक्ष छायादेवी लुइटेल, बाँके जिल्लाका उपाध्यक्ष मिना डागी र महासङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले राष्ट्रिय महिला सम्मेलन पुस्तक व्यवसायी महासंघको इतिहासमा पहिलो र ऐतिहासिक कार्यक्रम भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुषमा पौडेलले सहजीकरण गरेको कार्यक्रममा मुलुकभरका ६३ जिल्लाका महिला व्यावसायिको सहभागिता थियो। झापा भद्रपुर स्थित धार्मिक पुस्तक पसलकी सञ्चालिका मुनादेवी कार्कीले ऐतिहासिक यो कार्यक्रमले आउने वर्षहरूमा पनि निरन्तरता पाउनेमा आशा व्यक्त गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here