कमल ।
अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा आज सम्पन्न तेश्रो दिनको खेलमा कचनकवल गाउँपालिका विजयी भएको छ ।
गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेलमैदानमा सञ्चालित झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज भएको खेलमा बाह्दशी गाउँपालिकालाई २ गोलका विरुद्ध ३ गोल गर्दै कचनकवन गाउँपालिका विजयी भएको हो ।
खेलको पहिलो हाफमा कचनकवलका तर्फ बाट जर्सि नम्बर ७ का महेन्द्र राजवंशीले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो ।
त्यसपछि दोश्रो हाफमा बाह्दशीका तर्फ बाट जर्सि नम्वर ११ का सन्त कुमार श्रेष्ठको गोलले अफ्नो टिमलाई बराबरीमा ल्याउनु भएको थियो । त्यसको केहि बेरमै पुन कचनकवलका तर्फ बाट जर्सि नम्बर १० का प्रकाश घिमिरेले पुन अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो ।
त्यसको लगत्तै बाह्दशीका तर्फ बाट पुन जर्सि नम्वर १० का प्रदिप श्रेष्ठको गोलले टिमलाई वरारीमा ल्याउनु भएको थियो । त्यसपछि ईन्ज्युरी समयको थप २ मिनेटमा पुन कचनकवलका जर्सि नम्बर ७ का महेन्द्र राजवंशीले लगाएको गोल संगै कचनकलन गाउँपालिका विजयी भएको हो ।
आजको खेलको म्यान अफ द म्याच कचनकवलका जर्सि नम्बर ७ का महेन्द्र राजवंशी हुनु भएको छ । भोली सोमवारको खेल कनकाई नगरपालिका र गौरिगञ्ज गाउँपालिका बिच हुने आयोजकले जनाएको छ ।