फागुन ७ देखि सैनिक महोत्सव हुँदै

0
102

बिर्तामोड ।

बिर्तामोड नगरपालिका-१०स्थित सैनिकबजारमा तेस्रो सैनिक महोत्सव हुने भएको छ।

बिर्तामोड -१० वडा कार्यालयको आयोजनामा आगमी फागुन ७ गतेदेखि १७ गतेसम्म तेस्रो ऐतिहासिक सैनिक महोत्सव हुने भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

बिर्तामोड -१० का वडाध्यक्ष तथा कार्यक्रमका सभापति दुर्योधन गुरुङले भूतपूर्व सैनिकहरुको बसोबास स्थल सैनिकको गौरव तथा पहिचान उजागर गर्ने उद्देश्यका साथ जातीय भेषभूषासहित तेस्रो ऐतिहासिक सैनिक महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए।

उनले महोत्सव नाफा तथा आय आर्जन गर्ने भन्दा पनि विशुद्धरुपमा सैनिकबासी जनसमुदायले ऐतिहासिकरुपमा सुपरपचित तथा महत्त्वपूर्ण सैनिक क्षेत्रको गर्व गर्ने अवसरको रुपमा महोत्सवलाई लिइनु्पर्ने भन्दै यिनै कुराको संरक्षण सम्बर्द्धनमा सहयोग पुग्ने अपेक्षाका साथ महोत्सवलाई निरन्तरता दिइएको बताए।

वडा कार्यालयको उत्तरपट्टि सञ्चालन हुने महोत्सवमा वडा बाहिरका दर्शक तथा अवलोकनकर्ता सहभागी गराउने प्रयास भइरहेको आयोजक समितिका सचिव खुबराज भट्टराईले बताए। कोषाध्यक्ष गायात्रा श्रेष्ठले अग्रजहरुको सल्लाह सुझाव तथा सहयोग प्राप्त भइरहेकोले महोत्सवको सफलताप्रति उत्साह बढेको बताइन्।

महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्किने तथा मौलिक परिकार, स्थानिय उत्पादन, पहिचानका स्टल एवम् व्यापारिक स्टल राखिने बताइएको छ। त्यस्तै मनोरञ्जनात्मक खेल तमासाका साथै दैनिकरुपमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सम्मानलगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

वि.सं.२०२० सालमा राजा महेन्द्रले दुई सय भूपू सैनिकहरुलाई एक हजार विगाह जग्गा जमिन प्रदान गरि बसोबास गराएसँगै यस स्थलको नामाकरण सैनिक रहेको पाइन्छ। बहुसंख्यक जनजातिको बसोबासस्थल यसक्षेत्रमा महाभारतकालिक पोखरी,मठमन्दिर,भूपू सैनिक स्मारक अवस्थित हुनुको साथै फूटबल खेलमा यहाँको महत्त्वपूर्ण स्थान रहेको पाइन्छ।

महोत्सव सफल बनाउन यसअघि सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी तीव्रताका साथ अगाडि बढाइएको बताइएको छ। समितिका उपाध्यक्षमा छविराम आचार्य, सचिवमा खुबराज भट्टराई, सहसचिव लक्ष्मी देवान, कोषाध्यक्ष गायत्रा श्रेष्ठ र सदस्यहरुमा तारा आपागाँईं, खड्गबहादुर गुरुङ, देवेन्द्र दर्नाल, सावित्रा राजबंशी, देवीकुमारी लिम्बू, डेगमान लोक्ताम, भोलानाथ पाण्डे, बिमानप्रसाद राई रहेका छन्। महोत्सव व्यवस्थितरुपमा सञ्चालन गर्न विभिन्न उपसमितिसमेत गठन जनाइएको छ।

कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सचिव नवीन विमली, नेकपा एमाले जिल्ला सदस्य कृष्णप्रसाद बिमली, राप्रपाका जिल्ला सदस्य जगतबहादुर बस्नेत, मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य यामकुमार श्रेष्ठ, वेल्स मोडल स्कूलका प्रिन्सिपल तारा प्रसाईलगायतले महोत्सवको आयोजना हुनु महत्त्वपूर्ण भएको भन्दै सफलताका लागि सबै सक्रियतापूर्वक सहभागी हुनुपर्नेमा जोड दिएका थिए।

वडा सदस्य धनमाया श्रेष्ठ, निवर्तमान वडा सदस्य भक्तसिंह राजबंशी, चमरधाप आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिमानध्वज लोक्ताम, ज्ञानकुञ्ज पुस्तकालयका अध्यक्ष भोलााथ पाण्डे, सैनिकबजार टोलविकास समितिका अध्यक्ष कविता घले गुरुङ, विजय राईलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन वडा सदस्य दीपिका सिवाले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here