‘माग सम्बोधन नभए २० र २१ लिम्बुवान बन्द’

0
79

झापा ।

गत माघ १५ गतेदेखि ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबुलकार निर्माणको बिरोध गर्दै गरिएको यातायात बन्दले पूर्वी पहाडी जिल्लाको जनजीवन ठप्प बनेको छ ।

मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीको आव्हानमा भइरहेको बन्दले जनजीवन प्रभावित भएको हो । मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै माघ २० र २१ गते नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आव्हान गरेको छ ।

यता पाथीभरामा केबलकार निर्माणको बिरोध गर्दै असन्तुष्ट पक्षले गरेको अनिश्चित बन्द यातायात मजदुरहरूले अवज्ञा गर्दै गाडी सञ्चालन गरेका छन् । इलाम बजारबाट फिक्कल र झापा जाने गाडी सञ्चालन गरेको यातायात मजदुर संघ इलामका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म बन्दकर्तालाई सहयोग गरेको र चौथो दिनबाट आफैँले बन्दको बिरोध गर्दै गाडी सञ्चालन गरेका हुन् ।

बन्दको विकल्प खोजेर वार्ताबाट समस्याको समाधान निकाल्नुपर्ने उनीहरूको माग छ । दैनिक घर खर्च चलाउन र परिवार पाल्न समस्या भएको भन्दै व्यवसायीले गाडी सञ्चालन गरेको जनाएका छन् ।
उनीहरूले बन्द गर्दै आए वा गाडीमा तोडफोड भए प्रतिकारमा उत्रिने समेत बताएका छन् । आफूहरू एक जुट भएर गाडी सञ्चालन गर्ने र कसैले गाडी रोक्न आए मान्य नहुने मजदुरहरूको भनाइ छ ।

सबै व्यवसायीलाई गाडी सञ्चालन गर्न समेत मजदुरहरूले आग्रह गरेका छन् । बन्दकर्तालाई समेत विकल्प खोजेर अघि बढ्न आफूहरूको सुझाव रहेको चालकहरूको भनाइ छ । बन्द खोल्न इलाममा प्रशासनले कुनै सहयोग नगरेको चालकहरूले बताएका छन् । उनीहरूले इलाममा प्रशासन भएको र नभएको कुनै आभास नभएको गुनासो समेत गरे ।

यता प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बन्दको पहिलो दिनबाट नै आफूहरूले गाडी स्कटिङमा सहयोग गर्दै आएको बताएकी छन् । उनले एउटा– एउटा गाडीलाई स्कटिङ गर्न असम्भव भएकाले जम्मा भएका गाडीलाई स्कटिङमार्फत गन्तव्यसम्म पु¥याउन सहयोग गरेको जानकारी दिइन् ।

गत माघ माघ १२ गते साँझ खाजा खान बसिरहेको समयमा घर घेरी सयौं राउण्ड गोली चलाएको भन्दै बन्दकर्ताले त्यसको बिरोधमा ताप्लेजुङ बन्द यथावत रहेको जनाएको हो । यस अघि संघर्ष समितिले ७ बुँदे माग गर्दै बन्द आव्हान गरेको थियो । उनीहरूले केबुलकार निर्माण अनुमति नै खारेजीको माग गरेका छन । कुनै पनि हालतमा केबुलकार बन्न नदिने अडानसहितको बन्द आव्हान गरेको उनीहरुको भनाइ छ ।

यसैबीच मुक्कुमलुङ ताःङ्सेप चुम्भोले एक विज्ञप्ति जारी गर्दै पाथीभरामा केवलकार निर्माण कम्पनीको प्रमुख चन्द्र ढकाल अध्यक्ष रहेको आइएमइ बैंक माघ २० गते बन्द गर्न अपिल गरेको छ । आन्दोलनका क्रममा गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई तुरून्त रिहाइ गर्न र घाइतेहरूको सरकारले उपचार गर्न पनि माग गरिएको छ । विज्ञप्तिमा विभिन्न १० वटा संघ–संगठनहरूले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here