कानेपोखरी।
मोरङ्गको कानेपोखरी गाउँपालिका-६ रमाईलोमा प्रहरी चौकी रमाईलोको कार्यालय परिसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सोमबार समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप “लागू औषध/घरेलु हिंसा/ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक कार्यक्रम” संचालन भएको हो। कानेपोखरी गाँउपालिका उपाध्यक्ष भोलानाथ अधिकारीको प्रमूख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कानेपोखरी गाँउपालिकाका विभिन्न वडाका जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, सरकारी तथा निजी विद्यालयका शिक्षकहरु, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय भद्रभलाद्मी तथा बुद्धिजिवीहरु लगायत सय बढीको उपस्थिति रहेको थियो।
इलाका प्रहरी कार्यालय पथरीका मातहतका प्रहरी चौकी रमाईलो, अस्थायी प्रहरी चौकी कानेपोखरी, अस्थायी प्रहरी चौकी होक्लाबारी मोरङका चौकी प्रमूख लगायत कार्यरत प्रहरी कर्मचारीहरुले शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणको विषयमा छलफल गर्नुभएको थियो।
रमाईलो मोरङका चौकी प्रमूख चन्द्र कुवेर अधिकारीले समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप “लागू औषध/घरेलु हिंसा/ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक कार्यक्रम”मा सचेतनामूलक जानकारी दिनुभएको थियो।