विरामी विदेशी नागरिकको उद्धार गर्दै नेपाल प्रहरी

0
27

बिराटनगर,

जिल्ला प्रहरी कार्यालय  सोलुखुम्बुले विरामी विदेशी नागरिकको उद्धार गरेको छ। खुम्बु पासाङल्हामु गाउँपालिका ४ लबुचेमा अमेरिकन नागरिक वर्ष ३१ की सामन्था मारिया गेहरमान नाम गरेकी महिलालाई उद्धार गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार सगरमाथा आधार शिविर भ्रमण गर्न जाने क्रममा लेक लगेर विरामी भएको भन्ने जानकारी प्राप्त हुना साथ उनलाई तत्काल अस्थाई प्रहरी चौकी दिङ्बोचे सोलुखुम्बुले उद्धार गरेको थियो।

उनलाई थप उपचारको लागि डाइनेष्टिक हेलिकप्टर मार्फत स्वाकोन अन्तर्राष्ट्रिय अस्पताल काठमाडौं पठाइएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here