छविराज ढकाल,
पथरी शनिश्चरे।
पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरे वार्ड नं १ को भेट्रान्स फुटबल टिमले उचालेको छ।
शुक्रबार वडा नं १ ले वडा नम्बर ४ लाई ४ गोलका विरुद्ध ५ गोल गर्दै यस वर्षको पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको विजेता बनेको हो। उक्त प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजना र पथरी शनिश्चरे -२ वडा कार्यालयको सहयोगमा पञ्चायत माविको खेल मैदानमा सञ्चालन भएको थियो।
उक्त खेलको म्यान अफ द म्याच वडा नं ४ का रोजिन शिवाकोटी घोषित भए। उनलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले नगदसहित मेडल र ट्रफी प्रदान गर्नुभएको थियो।
प्रतियोगिताको समापन समारोहका अवसरमा नगरप्रमुख तुम्बापोले वडा नम्बर १ लाई नगद ५१ हजार रूपैयाँ सहित मेडल र ट्रफी प्रदान गर्नुभएको थियो । यसैगरी, यस प्रतियोगिताको ‘ रनर अप’ भन्न सफल वडा नं ०४ लाई नगद ३१ हजारसहित मेडल र ट्रफी प्रदान गरिएको थियो ।
यसैगरी, सही प्रतियोगितामा विभिन्न विधाहरूमा खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो।उक्त अवसरमा पथरिशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी,वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई, दुई नम्बर वडाका अध्यक्ष नैना साम्पाङ राई, वडा नम्बर ४ का अध्यक्ष लोक किरण न्यौपाने, वडा नं ०८ का वडा अध्यक्ष नवीन जंग कार्की, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, लगायतको उपस्थिति थियो।