प्रशोधित पानी

0
27

प्लाष्टिकको दाना हुन्छ, भन्नु होला कस्तो ?
इन्जेक्शनमा प्रिफ्रम बन्छ हुन्न त्यति सस्तो
हेर्दा सानो टुक्रो हुन्छ नाम, नम्बरसहित
जति मेशिन चले पनि, प्रदुशणरहित ।

छुट्टै मेशिन प्रयोग हुन्छ, बोलोइङ गर्नलाई,
सानो, ठूलो प्रिफमलाई छुट्टाछुट्टै मिलाई
हिटरले तताउँछ, हावाबाट फूल्छ,
बोतलको साइज पनि डाईबाट हुन्छ ।

अर्कै मेशिनबाट बन्छ रंगीन बिर्को पनि,
बिर्को पुनः काटेपछि तयार हुन्छ अनि
न त हुन्छ धुँवाधुलो, न त हुन्छ गन्ध,
आधुनिक प्रविधिले बोतल, बिर्को बन्छ ।

त्यसपछि फिलिङबाट पानी फिल्टर हुन्छ,
एकपछि अर्को गर्दै फिल्टर मेशिन चल्छ
आरओ मेशिनबाट हुन्छ रिभर ओस्मोसिस,
पानी सफा गर्दा हुन्न केमिकलको मिक्स ।

बोतल, बिर्को सफा हुन्छ पानी भर्नुअघि,
तयार हुन्छ ओजोनेटेड प्रक्रियामा लगी
प्रयोग भएको छ नयाँ युएस टेक्नोलोजी,
धेरै वर्ष पुरानो हो अनुसन्धान खोजी ।

बोतलभरि लेवल र नेकस्लिप लगाइन्छ,
बनाएको मितिछापी ¥यापिङतिर जान्छ
प्याकिङ गरी कार्टुन र जारमा पानी राखी,
गाउँ–शहरमा पु¥याइन्छ हुन्न पानी बासी ।

पीएच जाँच हुन्छ पानी प्रशोधनको बेला,
विश्वास गरी ढुक्कसँग पानी पिउनु होला
आधुनिक आविष्कार हो समयको माग,
प्रशोधित पानीबाट लिउँ सबले लाभ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here