अर्जुनधारा।
अर्जुनधारा वडा नं. ४ स्थित किसान संघको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस आवद्ध किसान संघको शनिबार अर्जुनधाराको भाङबारीमा सम्पन्न अधिवेशनले लीलाबहादुर कटुवालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वडा कार्य समिति, नगर प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ।
समितिको उपसभापति सोमनाथ गिरी, सचिवमा धनबहादुर कार्की, कोषाध्यक्ष प्रेमकुमारी रिजाल र सहसचिव कमला रिमाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा कमल भट्टराई, तारा घिमिरे चयन भएका छन् ।
यसै गरी नगर प्रतिनिधिमा उमानाथ हुमागाईं, भीमलाल गिरी, रुद्र रिमाल, लक्ष्मी गिरी र उमानाथ भट्टराई चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा मदन थापा, रमन बस्नेत, टीकाप्रसाद शिवाकोटी, जीवनकला राउत, दुर्गा भट्टराई र इन्द्रबहादुर आङ्देम्बेलाई चयन गरेको वडा सचिव उद्धव कुँवरले जानकारी दिए ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको प्रमुख आतिथ्य र वडाका लागि जिल्ला प्रतिनिधि शेखर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनमा अध्यक्षता वडा सभापति खेम काफ्लेको रहेको थियो ।
प्रमुख अतिथी हुमागाईंले कांग्रेसलाई बलियो बनाउन टोल र वडाबाटै हरेक भातृ र शुभेच्छुक संस्थाहरुको जग मजबुत हुन आवश्यक भएको बताउँदै नेतृत्व सक्रिय र संस्थाप्रति उत्तरदायी हुनुपर्ने धारणा राख्दै नव गठित समितिले स्थानीय कृषक र कृषिका समस्या अनि आवश्यकताको पहिचान गरी समाधानको सक्रिय पहल गर्नुपर्ने बताए ।
वडा सचिव उद्धप कुँवरले सहजीकरण गरेको कार्यक्रममा स्थानीय कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।