उर्जाशील रामधुनी आमा समूहको अध्यक्षमा पुनः गंगा शिवाकोटी(ढकाल)

0
95

झापा ।

झापाको विर्तामोड नगरपालिकामा रहेर सामाजिक विकासको क्षेत्रमा क्रियाशिल रामधुनी आमा समूहको अध्यक्षमा पुनः गंगा शिवाकोटी ढकाल निर्विरोध चयन भएकी छन् ।

दोस्रो अधिवेशनवाट शिवाकोटी पुनः अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष शिवाकोटीसहित १३ जनाको कार्यसमिति नै सर्वसहमत रुपमा चयन भएको हो ।

दोस्रो अधिवेशन वाट अध्यक्षमा गंगा शिवाकोटी ढकाल, उपाध्यक्ष विमला न्यौपाने, सचिव मिरा कट्टेल, कोषाध्यक्ष इश्वरी वुढाथोकी, सहसचिवमा चन्द्रा चुडाल रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रमिला पौडेल, गंगा लुइटेल, मनिता खुलाल, समृद्धी थापा, विना गुरुङ, रिता सिवाकोटी, जोस्ना प्रसाई, सरिता थपलिया रहेका छन् ।

त्यसैगरी अधिवेशनबाटै सल्लाहकार समितिको समेत चयन गरिएको छ । जस अन्तर्गत सल्लाहकार संयोजकमा टिका प्रसाई मैनाली, सह संयोजकमा सिता बुढाथोकी, सदस्यमा विना घिमिरे, रमा विमली, कला बस्नेत, नैना चौधरी र मञ्जु ओली रहेका छन् । नवनिर्वाचित कार्यसमिति र सल्लाहकार समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक राम पौडेलद्वारा शपथ ग्रहण समेत गराईको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य सुधिर कुमार शिवाकोटीले संस्थाले समाज रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । संस्था दर्ताका बखत देखि नै आफुले सहयोग गरेको र संस्थाले छोटो समयमा राम्रो उचाई प्राप्त गरेको बताउँदै समाजसेवी राम पौडेलले अन्य संस्थाहरु केवल नाममा मात्र सिमित रहेको सन्दर्भमा उर्जाशील रामधुनी आमा समूहले भने महत्वपूर्ण कामहरु गरिरहेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउन के गर्न सकिन्छ, त्यस क्षेत्रमा संस्थाले भुमिका खेल्नु पर्ने बताउँदै आफ्नो क्षेत्रबाट पनि सकेको सहयोग गर्ने संस्थाकी आजिवन सदस्य मिरा गौतम पोख्रेलले बताइन् । उर्जाशील रामधुनी आमा समूहले सामाजिक विकासको क्षेत्रमा धेरै उपलब्धि हाँसिल गरेको बताउँदै विराट भरत विश्रान्तिका उपाध्यक्ष कुलप्रसाद संग्रौलाले पैसाभन्दा पनि मन ठुलो रहेको उदाहरण यस संस्थाबाट लिन सकिने बताए ।

उर्जाशील रामधुनी आमा समूहले समाजले आवश्यकता महसुश गरेको क्षेत्रमा योगदान गरेको भन्दै नेपाल अलैँची ब्यवसायी संघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले उर्जाशील रामधुनी आमा समूह ग्रामिण क्षेत्रमा पुगेर योगदान गरेको सराहनिय कदम रहेको बताउँदै समाजमा भएका घटनालाई उजागर गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए ।

उर्जाशील रामधुनी आमा समूहले अन्य सामाजिक संस्थाहरुको तुलनामा धेरै महत्वपूर्ण योगदान गरिरहेको बताउँदै खगेन्द्र मैनालीले संस्थाको प्रगतिमा अध्यक्ष गंगा शिवाकोटी ढकालले संस्थाका हरेक क्षेत्रलाई सन्तुलन गर्न सकेको भन्दै खुसी ब्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै विर्तामोड– ४ कि वडा सदस्य तथा कार्यपालिका सदस्य निर्मला गजमेरले संस्थाले समाज परिवर्तनका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलिरहेको बताउँदै राज्य पुग्न नसकेको क्षेत्रमा पुगेर काम गरेको बताइन् । विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै विपन्न नागरिकहरुको साहारा बनेको संस्थाले हाल सम्म १५ लाख रकम पिडित उद्धारको क्षेत्रमा खर्च गरिसकेको बताईको छ ।

कार्यक्रममा एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, चिल्ड्रेन हस्पिटलकी अध्यक्ष लीला मैनाली, समाज सेवी संगीता प्रसाई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा दुई वर्षको गतिविधि समेटेर वृत्तचित्र समेत प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here