छविराज ढकाल/ पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित श्रीजङ्गा धार्मिक वन क्षेत्रमा आज मिति २०८१फागुन ०७ गते बुधबार ताप्लेजुङ- झापा – मोरङ्ग- सुनसरी भेला तथा वन भोज कार्यक्रम-२०८१ सम्पन्न भएको छ।
ताप्लेजुङ-झापा -मोरङ- सुनसरी भेला तथा वनभोज कार्यक्रम आयोजक समितिद्वारा आयोजित उक्त भेलामा विगतमा ताप्लेजुङ जिल्लामा जन्म भई जीवनयापन तथा शिक्षा आर्जन गर्ने विविध कारणहरूले हाल ती जिल्लाहरूमा स्थायी बसोबास गर्दै आउनुभएका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त भेलामा कोशी प्रदेशका कृषि तथा सहकारी मन्त्री खगेन सिंह खाङ्गामको गरिमामय उपस्थिति रहेको थियो।
आजै , त्यही अवसरमा भेलाले झापाका उमानाथ प्याकुरेलको अध्यक्षतामा एक तदर्थ समिति समेत गठन गरेको छ। सोही समितिको उपाध्यक्षमा नारायण याक्सो, सचिवमा भीमप्रसाद गौतम, कोषाध्यक्षमा पुण्य प्रभा गुरागाईं, सह-सचिव लीलाराज भट्टराई लाई सर्वसम्मत चयन गरेको छ भने अन्य सदस्यहरू क्रमशः सुजता लिम्बु, डम्बर चोङ्बाङ, विष्णु गुरागाईँ , अशोक नाल्बो, तीज सिग्देल, चन्द्रबहादुर खोयाङ , कमल खतिवडा रहनुभएको छ।
नवगठित तदर्थ समितिले उक्त ताप्लेजुङ्ग झापा मोरङ सुनसरी समाजको गठन, दर्ता, विधान लेखन, विभिन्न भेला र कार्यक्रमहरूको आयोजना गर्ने जनाइएको छ। उक्त अवसरमा संगिनी नाच, धान नाच, च्याब्रुङ नाच , झाँकी र लिम्बु भाषामा कुराकानी जस्ता विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।