मजदुरहरुको सामाजिक सुरक्षा विषयक प्रशिक्षण

0
25

पथरी शनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिकामा अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाको सभाहलमा अनौपचारिक क्षेत्रमा योगदानमा आधारित मजदुरहरुको सामाजिक सुरक्षा विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

न्यायिक समिति सदस्य पदम बहादुर धिमालको अध्यक्षतामा भएको सो प्रशिक्षणमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । नगरको न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगरका प्रमुख गणेश प्रधान मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी, कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा अनौपचारिक श्रमिक हित व्यवस्थापनका संयोजक भीम राईलेको कार्यक्रमको विषयमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा मजदुरहरुलाई श्रमिक परिचय पत्र र प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा नगरका कानुनी सल्लाह एवं अधिवक्ता दीपक राई, न्यायिक समिति सदस्य कल्पना श्रेष्ठ, नगरका कर्मचारी सुरेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here