कमल ।
नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिता अन्तरगत आज दोश्रो दिनको खेलमा वडा नम्बर १ र वडा नम्बर विजयी भएको छ ।
नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा भैरहेको ‘प्रथम कमल एमाले कप’ अन्तरगत कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सञ्चालन भइरहेको पहिलो खेलमा वडा नम्बर ३ लाई २ गोलका विरुद्ध ४ गोल गर्दै वडा नम्बर १ बिजयी भएको हो ।
वडा नम्बर १ का तर्फ बाट जर्सी नम्बर ३ का खगेन्द्र बहादुर मगर र जर्सी नम्बर १२ का हरि पोख्रेलले दुईदुई गोल गर्नु भएको थियो भने वडा नम्बर ३ का तर्फ बाट जर्सी नम्बर ७ का मनोज गुरुङले दुई गोल गर्नु भएको थियो । खेलको म्यान अफ द म्याच वडा नम्बर १ का खेलाडी जर्सी नम्बर २ का सन्दिप टुडु हुनुभएको छ ।
त्यस्तै आजै भएको दोश्रो खेलमा वडा नम्बर ५ लाई शून्यका विरुद्ध १ गोल गर्दै वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ का तर्फ बाट जर्सी नम्बर ६ का आश बहादुर राईले गर्नु भएको गोल नै टिमलाई बिजयी गराउन सफ भएको थियो ।
खेलको म्यान अफ द म्याच वडा नम्बर ७ का जर्सी नम्बर ६ का आश बहादुर राई हुनुभएको छ ।
भोलिको खेल वडा नम्बर १ र २ बिच दिनको ३ बजे देखी केर्खा खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
’