झापाली समाज कतारको अध्यक्षमा राजबंशी, महासचिवमा भारती

0
220

झापा ।

झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजबंशी र महासचिवमा बिमल भारती निर्वाचित भएका छन् । २१ फेव्रुअरी २०२५ तारिख अर्थात गत शुक्रबार ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा बिभिन्न कार्यक्रमसहित आयोजित अधिवेशनबाट अध्यक्षमा राजवंशी र महासचिवमा भारतीसहित नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्धितीय उपाध्यक्षमा किरण परियार, सचिवमा शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्षमा लोक थापा र सह–कोषाध्यक्षमा युबराज बराल सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, बिनिता चौधरी, किरण राजबंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, बिशाल राजबंशी, रविन काफ्ले र बिष्णुप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका महासचिव बिमल भारतीले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रमा समाजका अध्यक्ष केशव कार्कीको सभापतित्व तथा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका बरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाई, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष चुडामणि कार्की, अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नविन पोख्रेल साथै झापाली समाजका संरक्षकहरुको बिशिष्ठ आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख सल्लाहकार, सल्लहाकारहरु, बैचारिक संगठनका अध्यक्ष तथा प्रतिनिधीज्युहरु, दलित एकता सञ्जाल कतार अध्यक्ष प्रकाश बिश्वकर्मा, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष भाईकाजी गुरुङ, कोशी प्रदेश समन्वय परिषद अध्यक्ष पदमकुमार घिमिर, कोशी प्रदेश अन्तर्गत सम्पूर्ण जिल्लाअध्यक्षहरु, साथै सम्पूर्ण जिल्ला र प्रदेश, जातीय, संघ संस्थाहरु, सामजिक अभियन्ताहरु, पत्रकार, कलाकार र झापालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजका उपाध्यक्ष चानिलाल राजबंशीले स्वागत गरेका थिए । सामाजिक कार्यका लागि समाजले आयोजना गरेका हरेक कार्यक्रममालाई विभिन्न कोणबाट साथ सहयोग गर्दै आइरहेका सहयोगी संघ संस्थाहरु र समाजका संरक्षकहरु, सल्लहाकारुहरु र प्रदेश मातहतमा रहेका जिल्ला संस्था, समाजका सम्पूर्ण कार्यसमिति, कलाकार तथा पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो भेषभुषामा सजिएर आएका सन्थाल समुदायको झाक्री र दङ नृत्य साथै राजबंशी भेषभुषा सहितको नृत्यसँगै झापाली कलाकारहरुको बिजोड सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले आफु अमिरेकामा बस्ने गरेको र आजसम्म आफुले कार्यक्रममा यस्तो उल्लेखनीय उपस्थिति नदेखेको बताए ।

उनले झापाका एतिहासिक नृत्यहरुसँगै कलाकारहरुको एकदमै राम्रो प्रस्तुतिले मन छोएको बताए । उनले झापाली समाज कतारले धेरै राम्रा काम गरेको र विश्वमा सबै भन्दा पहिला झापाली समाज कतार नै स्थापना भएको बताए ।

कार्यक्रममा कोशी प्रदेश जिल्ला बाहिरबाट पर्बत, सेवा समाजका उपाध्यक्ष कोशी प्रदेशका माताहतका सम्पूर्ण जिल्ला सस्था अध्यक्षहरु, कोशी प्रदेश समन्वन परिषद कतारका अध्यक्ष पदमकुमार घिमिरे, सम्पुर्ण दलित जातिहरुको प्रतिनिधित्व दलित एकता सञ्जालका अध्यक्ष प्रकाश विश्वकर्मा, सम्पुर्ण जातीय सस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति महासंघ कतारका उपाध्यक्ष भाइकाजि गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण समाजका कार्यबहाक महासचिव बिमल भारती र शारदा भुजेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा झापालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here