ताप्लेजुङको सिडिओ र डीएसपीलाई कारबाही गर्न मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्षको माग

0
15

योगेन्द्र योगी
बिराटनगर,

शनिबार बेलुका १० बजे नो केवलकार पक्षीय पदयात्रीहरुलाई ताप्लेजुङको फुङलिङ बजारमा प्रहरी प्रशासन क्रुर ,जंगली ,आततायी ,अमानविय दमनको घोर भर्त्सना गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र डीएसपी रबि रावललाई कारबाहीको माग गरेका छन्।

मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले एक बिज्ञप्ति जारी गर्दै राज्य पक्षबाट भएको क्रुर ,जंगली ,आततायी ,अमानविय दमनको घोर भर्त्सना सहित घाइतेहरुको उपचार ,प्रक्राउ परेका व्यक्तिहरुको रिहाइ ,बेपत्ताहरुको खोजि ,उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गरेको छ। समिति ले घाइतेहरुको तत्काल उपचार ,पक्राउ परेकाहरु रिहाई ,बेपत्ताहरुको सार्वजनिक ,सिडिओ शर्मा र डीएसपी रावललाइ तत्काल कारबाही गर्नुपर्ने ,कर्फ्यु तत्काल हटाउनु पर्ने र ,केवलकार निर्माण योजना खारेज नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

समितिका अनुसार यातायात बन्द रहेकोले मुक्कुमलुङ (पाथिभरा )को तल्लो फेदीबाट पदयात्रीहरु हिडेर आउनु पर्दा फुङलिङ बजारमा आइपुग्दा साझ परेको अवस्थामा फुङलिङ बजारमा आइपुगे पछि नो केवलकार पक्षीय हरुले शान्तिपूर्ण जुलुश गरिरहेको अवस्थामा प्रहरी पक्षले एक्कासी हस्तक्षेप गरेपछि परिस्थिति केहि असहज भयो।

आन्दोलनको क्रममा तत्काल केहि असामान्य परिस्थिति आउदा त्यसलाई सबैले मनन नै गर्नु पर्ने हुन्छ ,तर जब हात हतियार र कानुन हातमा लिएर बसेको प्रहरी प्रसासनले बदला लिने योजना बनाउ छ तब स्थिति भयाबह हुन्छ। फुङलिङमा यहि स्थिती ल्याइयो ,जुलुशमा भएको तितरबितर पछि प्रहरीले बदला लिने योजना बनायो ,घर घर मा प्रवेस गर्यो ,चन्द्र मादेन लगायतको घरमा बसिरहेको नो केवल कार पक्षीयहरुलाई पहिले अश्रुग्यास प्रहार गर्यो र निर्मम कुटपिट गर्न थाल्यो समितिले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

बाहिर मैदानमा अश्रुग्यास प्रहार गर्नु स्वाभाविकै होला तर रातको समयमा घर भित्र ,कोठा- कोठामा अश्रुग्यास प्रयोग गरेर मान्छेलाई बेहोश बनाएपछि मरणासन्ना हुनेगरी कुटपिट गरेर पक्राउ गर्नु कहाँसम्मको आततायी घटना हो ? विश्वमा शान्ति सेना हुँदै जाने नेपाल प्रहरीको कहाँसम्मको मानवअधिकार उल्लङ्घन हो ? फुङलिङमा गएरातिको ४ बजेसम्म भएको प्रहरी प्रसासन को हदै सम्मको ज्यादती र बदला लिने योजना रहेको समेत समिले जनाएको छ।

घाइतेकाहरु मध्य समर येङदेन ( हात भचाइएको – २४ घण्टा भित्र उपचार नपाए हात काट्नु पर्ने अवस्था ) ,शिशिर पोमु राती देखि अहिले सम्म बेहोस , एन .के .दर्नालको टाउकोमा गम्भीर चोट लागेको र रगत बमिट गरिरहेको अवस्था ,राम राई दाहिने कुम खसेको र खुट्टा भचाइदिएको र मे .अशिम पालुवा लगायत दर्जनौ घाइते भएको समितिले जनाएको छ।

पक्राउ गरिएकाहरुमा नबिन पोमु,दिक्षा क्षेत्री लगायात १५ जना भन्ने प्रहरीले जनाएको भएपछि काम्तिमा ३० जना भन्दा बढी रहेको र प्रहरीले नाम दिन अस्विकार गरेको मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री प्रसाद लिम्बूले जानकारी दिए।

प्रशासन कार्यालयद्वारा ताप्लेजुङमा निषेधाज्ञा

नो केबलकार’ समूहले ताप्लेजुङमा प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउन नहुने माग राख्दै आएको समूहले गृह मन्त्रालयको वार्ता समितिलाई अवज्ञा गर्दै आएकोमा उक्त समूहबाट हुने प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

शनिबार राति बसेको सुरक्षा समिति बैठकपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा जारी गरेका हुन्। पुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीयस्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने भएकाले आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको शर्माले जनाएका छन्।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन, घेराउ कार्यक्रम गर्न निषेध गरिएको छ।
निषेधाज्ञा पूर्वमा फुङलिङ नगरपालिका बजार क्षेत्र अन्तर्गत वडा नम्बर ७ सल्लेरी, पश्चिममा घोडेचौर, उत्तरमा वडा नम्बर ४ उकालीपानी र दक्षिणमा वडा नम्बर ६ शेर्पा टोलमा लागू गरिएको छ।

यस्तै, काफ्लेपाटी बल्लुडाँडा क्षेत्रको पूर्वमा पर्यटक प्रहरी भवनको सय मिटर इलाका, पश्चिम बल्लुडाँडारडडेले इलाका, उत्तर केबलकार बेस स्टेशनरपानीको मुहान इलाकाको सय मिटर र दक्षिण नयाँ बसपार्क इलाकाको सय मिटर (जंगल इलाकासमेत) मा लागू गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here