बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतमा मिश्र

0
54

बिर्तामोड, बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आजदेखि कार्यभार सम्हाल्नु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो ।

प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुन लगायत जनप्रतिनिधि र कर्मचारीहरुले खादा र टिका लगाएर स्वागत गर्नु भयो ।

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसंगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिनु भयो । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उहाँले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।
जनप्रतिनिधि र प्रशासन विच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा
जोड दिँदै उहाँले कर्मचारीलाई कुनै समस्या भए आफुसंग आएर कुरा गर्न सुझाब दिनुभयो । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उहाँले यहाँका समस्यासंग आफु परिचित रहेको पनि बताउनु भयो ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले
जनप्रतिनिधि र कर्मचारी समन्वय गरेर बिर्तामोडमा उदाहरणीय ढंगले काम गर्नु पर्ने बताउनु भयो । उहाँले कर्मचारीमा कुनै समस्या भए कार्यपालिकामा राखेर छलफल गर्नेसमेत बताउनु भयो । यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोडको समृद्धिको लागि प्रमुख प्रशासकीयलाई पुर्णरुपमा सहयोग गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रसंग यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल लगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here