बिराटनगर,
शैक्षिक परामर्श संस्था ओली एन्ड एसोसिएट्स एजुकेशन कन्सलटेन्सी नेपाल इटहरीले अष्ट्रेलिया अध्ययनका अवसरबारे त्यहाँ गएका विद्यार्थीहरुका अभिभावहरु बीच मोरङको सुन्दरहरैंचा ४ मा रहेको गोकर्ण रिसोर्टमा अविभावक भेटघाट कार्यक्रम २०८१ सम्पन्न भएको छ।
ओली एण्ड एसोसिएट्सकका ग्लोबल सीओ भवानी ओलीले प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा अष्ट्रेलिया अध्ययनका लागि गएका विद्यार्थीहरुका अभिभावहरुहरुले बिभिन्न प्रश्न राखेका थिए। अभिभावहरुहरुले प्रश्नको जवाफ दिंदै सीओ ओलीले आफूहरुले नेपालबाट पठाउने मात्र नभएर अष्ट्रेलिया पुगेपछि पनि सहयोग गर्दै आएको बताए ।
कोरोना महामारीको बेलामा पनि झन्डै ८० लाख डलर समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गरेको बताए। अभिभावहरुहरुले उल्लेखिय उपस्थितिमा कार्यक्रम सञ्चालन भएको बताउदै ओली एण्ड एसोसिएट्सका इटहरी ब्रान्च म्यानेजरराजेश कुमार शाहले निकै प्रभावकारी भएको र उत्साहजनक सहभागिता रहेकाे बताए।
यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको भन्दै आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने म्यानेजर शाहले बताए। कार्यक्रममा उपस्थित अभिभावकहरुलाई सिल्भर कार्ड पनि बितरण गरिएको थियो। उक्त सिल्भर कार्ड लिएर इटहरी शाखामा जानेहरुलाई १० देखि १० प्रतिशत रकम छुट गरिने उनले बताए।
ओली एण्ड एसोसिएट्सले ३० हजारभन्दा बढी विद्यार्थीहरूलाई सफलतापूर्वक उच्च शिक्षामा संलग्न गरेको जनाएको छ । माइग्रेसन एजेन्ट, कम्पनीले आफ्ना ९४ प्रतिशत ग्राहकहरूलाई सन्तुष्ट पार्न सफल भएको छ। ओली एण्ड एसोसिएट्सले आफ्ना सेवाहरूलाई क्यारियर काउन्सिलिङ र भिसा मार्गदर्शनमा सीमित गर्दैन, विद्यार्थीहरुंले आफ्नो अध्ययनको अवधिभर निरन्तर समर्थन प्राप्त गर्दछन् ।
यसका अतिरिक्त, अंग्रेजी भाषा आवश्यकता अनुसार उत्कृष्ट हुन तयार गर्ने, अङ्ग्रेजी भाषा तयारी कक्षाहरूमा विशेषज्ञहरूबाट सिकाउने र बिध्याथीहरुंको विदेशिक अध्ययन यात्रालाई समर्थन गर्न उत्कृष्ट स्कोर प्राप्त गर्न सहयोग पुर्याउदै आएको छ । प्राप्त मुनाफा समाजलाई फिर्ता दिने उद्देश्यले, कम्पनीले सामुदायिक भलिबल, काइट फेस्टिवल, फुटबल, र अन्य धेरै जस्ता प्रमुख सामाजिक कार्यक्रमहरू सफलतापूर्वक प्रायोजन गरेको छ ।
यसबाहेक, ओली एण्ड एसोसिएट्सले विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका लागि लुगा वितरण कार्यक्रममा भाग लिनुका साथै अन्य विभिन्न सामुदायिक संलग्नता गतिविधिमा संलग्न गर्दै आएको छ । विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि ओली एन्ड एसोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको सस्थाको भनाइ छ ।