अखिल नेपाल महिला संघ अर्जुनधाराको कानुनी प्रशिक्षण एवम् ज्येष्ठ नागरिक सम्मान

0
25

अर्जुनधारा । 

अखिल नेपाल महिला संघ अर्जुनधारा नगर कमिटीले एक कार्यक्रमकोबीच ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ ।

११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अर्जुनधारा–११स्थित गिरीबन्धु चिया बगान क्वार्टर लाइनमा शुक्रबार आयोजित कार्यक्रममा ११ जना ज्येष्ठ नागरिकहरुलाई बर्को ओढाई सम्मानित गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा कान्ता दर्जी, चन्द्रमाया गोले, दिलकुमारी राई, धनमाया दर्जी, पाउलेन मुण्डा, बिमला उराउ, माइलीमाया याक्खा देवान, माइलीमाया राई, मीना राजवंशी, मैती थापा र साँइली राई रहेका छन् ।

कमिटीकी अध्यक्ष चन्द्रकला राईको अध्यक्षता र संघ कोशी प्रदेश कमिटीकी सचिव अधिवक्ता हेमकला कट्टेलको प्रमुख आतिथ्यमा आयोजित सोही कार्यक्रमका सहभागीहरुलाई महिला अधिकार सम्बन्धी कानुनी प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रमको सहजिकरण सहजकर्ता प्रमुख अतिथि कट्टेलले गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एमाले पार्टी झापाका सदस्यद्वय कमला खतिवडा आचार्य र सहीकुमार राई, पार्टी अर्जुनधाराका अध्यक्ष वृख प्रधान, संघ झापाकी अध्यक्ष लीला दाहाल, नेपाल चिया कफी श्रमिक युनियन इकाई कमिटीकी सचिव सावित्रा वञ्जरालगायतले मन्तव्य राखेका थिए ।

कमिटीकी उपाध्यक्ष माया खातीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव शर्मिला सुब्बाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here