सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका–४ , कोटिहवन क्षेत्र कनकाई माई नदीको पूर्वी किनारमा रहेको कनकाई घाट संस्थाले १५ औं स्थापना दिवस मनाएको छ ।
संस्था स्थापनाको १५ वर्ष प्रवेशको अवसरमा घाट क्षेत्रमा सरसफाइ गर्दै मनाइएको स्थापना दिवसमा संस्थाका अध्यक्ष खेमनाथ मिश्रले कनकाई घाटको सरसफाइलाई अभियानका रूपमा व्यवस्थित गर्दै जाने बताएका छन् ।
स्थानीय क्रियाशील राजनीतिक दल, सामाजिक, शैक्षिक एवं धार्मिक सङ्घसंस्था, नागरिक समाज, उद्योगी व्यवसायी लगायतलाई आह्वान गरेर घाट परिसर सरसफाइ गरिएको थियोे भने कनकाई वडा नं. ४ को तर्फबाट वडा अध्यक्ष रोशन सुवेदीले सरसफाईका आवश्यक सामग्री प्रदान गरेका थिए ।
सरसफाईसँगै संस्थाका अध्यक्ष मिश्रको अध्यक्षतामा एक संक्षिप्त कार्यक्रम समेत गरेर मनाइएको स्थापना दिवसमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कनकाई घाट क्षेत्रलाई सफा र सुन्दर राख्ने कुरामा नगरपालिकाले सदैवसहयोग गर्ने बताएका थिए । सोही कार्यक्रमका बीच नगर उप प्रमुख आशा शर्मा शिवाकोटीले घाटको सरसफाईसँगै घाटको समग्र विकासका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको बताइन् ।
सरसफाई कार्यक्रममा वडा नं. ३ वडा अध्यक्ष युवराज चौलागाईं, ४ नं. वडा अध्यक्ष रोशन सुवेदी, नेपाली काङ्ग्रेस नगर सभापति दुर्गाप्रसाद प्रसाईं, एमाले नगर अध्यक्ष गोकर्ण ओझा, माओवादी नगर अध्यक्ष यामनाथ सेडार्इं, राप्रपा नगर अध्यक्ष टीकाराम बराल, लगायतको आतिथ्य रहेको थियोे । संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव गोपाल खरेलले गरेका थिए ।