बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न अभिमुखिकरण 

0
19
अर्जुनधारा,  झापाको अर्जुनधारा नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि वडास्तरिय बालमैत्री शासन अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२मा अर्जुनधारा–१० र ११ नं. वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको नगरपालिकाले बिहीबार दुवै वडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।


अर्जुनधारा नगरपालिकाको आयोजना, अर्जुनधारा–११ नं. वडा कार्यालयको समन्वयमा  टोखा–८स्थित एस संकल्प नेपाल प्रा.लि.ले उक्त कार्यक्रमको सहजिकरण गरेको थियो । वडाध्यक्ष खगेन्द्र इङनामको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यालयमा रहेका बाल क्लबका पदाधिकारी, स्वास्थ्यकर्मी, स्वयंमसेविकाहरुलगायतको सहभागिता रहेको थियो ।
वडासचिव सुशिला मिश्रका अनुसार सहजकर्ता राष्ट्रिय बाल अधिकार परिषद् कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजिकरण गरेको कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो ।

महिला तथा बालबालिका शाखा प्रमुख सूर्यमाला पन्धाकले कार्यक्रमको औचित्य बारे प्रकाश पारेको कार्यक्रममा महारानीगञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला र जुनकिरी सार्वजनिक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत राना मगरले आफ्नो धारणा राखेका थिए ।
वडा सदस्य पूर्णबहादुर राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडासचिव मिश्रले गरेकी थिइन् । सोही कार्यक्रममा बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणाका लागि वडा नं. ११को प्रतिबद्धतामा सहभागीहरुले सामुहिक हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here