बिर्तामोड , बाह्रदशी गाउँपालिका ७ डाँगीवारी निवासी झा परिवारमा शोक परेको छ । नेपाली कांग्रेसका जिल्ला सहस्य , गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्ब अध्यक्ष तथा मैथिली विकास सेवा समिति बाह्रदशीका पूर्व अध्यक्ष महेश झा का पिता राजेन्द्र प्रसाद झा को ८१ वर्षको उमेरमा निधन भएको हो ।
केही दिन अघिदेखि अस्वास्थ्य रहेका झा लाई उपचारका लागि बिराटनगरस्थित नोवेल मेडिकल कलेज पु¥याइएको थियो । उनको उपचारकै क्रममा विराटनगरमा नै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशील राजेन्द्र त्यो समुदायका पण्डित हुन् । झाप सहित पूर्वी तराइका जिल्लामा परिचित थिए ।
झा का श्रीमती वेलीदेवी झा सहित चार छोरा र दुई छोरी मध्ये प्रर्मिला कुमारी झा को यस अघि नै निधन भएको छ ।
उनका हाल चार छोरा वुहारी नरेश कुमार – सविता झा,दिनेश कुमार– अर्चना झा, महेश कुमार– रिया झा, रमेश कुमार – सोनी झा रहेका छन् । एक छोरी सचि कुमारी – सुमन झा रहेका छन् ।
झा को हिन्दू परम्परा अनुसार कनकाई माइमा अन्त्येष्टि गरिएको छ ।