अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आयोजित दुई दिने मनोपरामर्श अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
अर्जुनधारा–१ स्थित सयपत्री युवा क्लबको सभाहलमा आयोजित उक्त कार्यक्रम हाल वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यहरुलाई लक्षित गरि सञ्चालन गरिएको बताइएको छ ।
सहजकर्ता कोशी प्रदेश रोष्टर ट्रेनर अरुणा चौधरीले सहजिकरण गरेको कार्यक्रममा ४० जनाको सहभागिता रहेको केन्द्रकी परिचालक मञ्जु दाहालले जानकारी दिइन् ।
ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कार्यवाहक वडाध्यक्ष मदनकुमार लिमेल मगरले उद्घाटन गरेका थिए । केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य इन्द्रकुमारी विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।
केन्द्रका उपाध्यक्ष देवकला प्रसाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन परिचालक दाहालले गरेकी थिइन् ।