झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (ब्याव्सन) झापामा ३ सय १८ वटा विद्यालय आवद्ध छन् । प्याव्सनको सांगठानिक संरचना भित्र १ सय ९७ वटा माध्यमिक र १ सय २१ वटा आधारभूत तहका विद्यालय सञ्चालनमा रहेका छन् । जहाँ एक लाख ६८ हजार विद्यार्थी यस शैक्षिक सत्रमा अध्ययनरत रहेका छन् । झापामा सञ्चालित निजी विद्यालयमा ९ हजार पाँच यस शिक्षक तथा कर्मचारीले रोजगारी पाएका छन् । त्यस्तै ८ हजार ६ सय मानिसहरु प्रत्यक्ष रुपमा रोगजारीबाट लाभान्वित छन् ।
२०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि शुल्क लिएर स्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका निजी विद्यालयहरूलाई पनि सरकारी सहयोग दिने सिद्धान्त अपनाई निजी विद्यालयका शिक्षकहरूका लागि तलब अनुदान दिने निर्णय सरकारले गरेको थियो ।
त्यसबेला सेन्ट जेभियर्स, आदर्श विद्यामन्दिर समेतका शिक्षकहरूका लागि तोकिएको प्रतिशतमा सरकारले रकम प्रदान गर्दै आएको थियो । यसरी आर्थिक सहायता प्रदान गर्नुको उद्देश्य ती विद्यालयहरूले लगाउने शुल्क सस्तो होस् भन्ने थियो । तर दश–बा¥ह वर्षपछि सरकारले यस्तो आर्थिक सहायता बन्द ग¥यो । सरकारी आर्थिक सहायता पाएर पनि विद्यार्थीसंगै लिने शुल्कमा सहुलियत नभएको जनाउँदै शिक्षा मन्त्रालयले अनुदान रकम कटौती गरेको थियो ।
२०५८ सालमा सरकारले निजी विद्यालयहरू प्राइभेट कम्पनी सरह सञ्चालन हुन सक्ने व्यवस्था गरेपछि देशभर भट्टाभट्ट निजी विद्यालय खुल्ने क्रम बढ्यो । सोही क्रममा पेशागत हक हितका लागि २०४७ सालमा प्याव्सनको स्थापना भएसंगै झापामा पनि निजी विद्यालय खुल्ने क्रम बढेर गएको हो ।
२०४८ साल माघ महिनामा निजी विद्यालयहरुका संस्थापक तथा प्रिन्सिपलहरुको भेलाले शेखर दाहालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गर्दै प्याव्सन झापा स्थापना ग¥यो । २०५० सालमा भएको प्रथम जिल्ला अधिवेशनबाट मनोज राईको अध्यक्षतामा प्याव्सन जिल्ला कार्यसमिति झापा गठन भएको थियो ।
शैक्षिक गुणस्तर सुधारसंगै विद्यार्थीहरु र अभिभावकहरुको हितका लागि त्यस यता झापामा निजी विद्यालय खुल्ने क्रम बढेर गए । हलसम्म प्याव्सनमा आवद्ध ३ सय १८ वटा विद्यालयले मात्रै शिक्षा क्षेत्रको विकासका लागि १६ अर्ब भन्दा बढी लगानी गरेको प्याव्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले बताए ।
२०२८ साल अघि र पछि खुलेका निजी बिद्यालयहरुले शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्दै गुणस्तरीय शिक्षा प्रदानका लागि नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै अघि बढेको उनको भनाई छ । नेपालको शैक्षिक क्षेत्रको विकासका लागि झापाका निजी विद्यालयले पु¥याएको योगदान बिर्सन नहुने सचिव उप्रेतीको तर्क छ ।
समग्र शिक्षा क्षेत्रको विकास र निजी विद्यालयको उन्नयनका लागि प्याव्सन झापाले पछिल्लो समय झापाका १५ वटै स्थानीय तहसंग सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने सचिव उप्रेतीको भनाई छ । जसका लागि प्याव्सन झापाले आगामी तीन वर्षका लागि १७ बुँदे कार्ययोजना अघि सारेको छ ।
प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीले सार्वजनिक गरेका १७ बुँदे कार्ययोजनामा विपन्न विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्नेदेखि तहतग शिक्षक एवम् प्रधानाध्यापकलाई तालिम, शिक्षक कर्मचारीको पेशागत हकहित, आईसीटीमा आधारित शिक्षण पद्दति, विद्यालय साझेदार कार्यक्रम झापाका स्थानीय तहसंग सहकार्य , विद्यालय मूल्याङ्कन एवम् अनुगमन लगायत छन् ।
प्याव्सन झापाले आगामी तीन वर्षे कार्यायोजना सार्वजनिक गर्दै गुणस्तरीय शिक्षा प्रवद्र्धन, वाल अधिकार संरक्षण, विद्यालय व्यवस्थापनमा सुधार, समुदायसंग सहकार्य रहने जनाएको छ । त्यस्तै प्याव्सन झापाको कार्यालय भवनको समेत स्तरोन्नति गरिने प्याब्सन झापाका अध्यक्ष कार्कीले बताएका छन् ।
बुधवार प्याब्सन झापाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष कार्कीले विपद् प्रभावित विद्यालयमा राहत उद्दार तथा पुनः स्थापनाको कार्यका लागि समेत विद्यालय र समुदायलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलावका अतिरिक्त खेलकुद्, सास्कृतिक कार्यक्रम चित्रकला, वतृत्वकला, विज्ञान प्रदर्शनी लगायतका सहभागी गारई विद्यार्थीको चौतर्फी बिकासमा सहयोग पु¥याउने प्रतिवद्धता जनाएका हुन् ।
पत्रकार सम्मेलनमा प्याव्सन झापाका वरिष्ट उपाध्यक्ष हरिकृृष्ण पाठकले समेत प्याव्सनले गर्ने तीन वर्षे कार्ययोजनाका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्याब्सन झापाका सह सचिव जीवन शिवाकोटी, सह कोषाध्यक्ष नारायण सुवेदी, सदस्य तथा सूचना तथा सञ्चार उपसमितिका सदस्यहरू देवेन्द्र हुमागाई, सुमन शर्मा जमरकट्टेललगायतले प्याब्सन झापाको गतिबिधीहरू बारे जानकारी गराएका थिए।
उपाध्यक्ष सहितका मनोनित सदस्यको सपथ ग्रहण
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (ब्याव्सन) झापाले उपाध्यक्ष सहित १० जना सदस्यलाई मनोनित गरेको छ । उनीहरुलाई प्याव्सन झापाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच सपथ गराइएको हो ।
प्याव्सन झापाले उपाध्यक्षमा इश्वरा श्रेष्ठसहित १० जना सदस्यलाई मनोनयन गरेको थियो । मनोनित हुने सदस्यहरुमा डिल्ली प्रसाद चापागाई, नितेश खरेल, डम्वर खड्का, रमेश प्रदाद वराल, खगेन्द्र सुवेदी, विष्णु सापकोटा, जीवन थापा मगर, श्याम नारायण राजवंशी, रेवत प्रधान र उदय प्रकाश राईलाई मनोनित गरेको थियो । यता सल्लाहकारहरुलाई समेत प्रमणपत्र बितरण गरिएको छ ।