१० करोडको लगानीमा भवानी – हिमादेवी खानेपानीको थप ओभरहेड ट्याङ्की, प्रधानसम्पादक गिरी वर्ष उत्कृष्ठ पत्रकार

0
26

झापा, झापाको कनकाई नगरपालिका ६ मा रहेको भवानी – हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाले खानेपानी बिस्तारका लागि चार लाख ५० हजार क्षमताको ओभरहेड ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाएको छ । जसमा ओभरहेड ट्याङ्की सहित फिल्टर प्लान्ट, डिप बोरिङ, र ९ किलोमिटर पाइपलाईन विस्तार गर्न लागेको हो । संस्थामा हाल दुई वटा मात्रै डिप बोरिङ रहेकाले खडेरीको समयमा पान्ी सुक्न सक्ने भन्दै थप एक थान डिप बोरिङ गाड्ने प्रस्ताव अघि सारेको हो । कनकाई १, ६, ७ र वाह्रदशी ७ का केही स्थानमा शुद्ध पिउने पानी बितरण गर्दै आएको संस्थाले कनकाई ७ र १ का थप केही स्थानका उपभोक्तालाई सहज रुपमा पानी पु¥याउन पाइप इन्टर कनेक्सन समेत गरेको जनाएको छ ।

कनकाई नगरपालिकाका केही वडा र वाह्रदशी ७ का स्थानीयलाई शुद्ध पिउनेपानी विस्तारका लागि नयाँ ओभरहेड ट्याङ्की निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेतीले बताए । संस्थाको अठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै अध्यक्ष उप्रेतीले संस्था स्थापनादेखि भावी कार्ययोजना सहितका विवरण पेश गरे । उनले संस्थाको पश्चिम तर्फको दुई कठ्ठा पाँच धुर जग्गामा घेरावेरा गर्नेदेखि फिल्टर प्लान्ट र ओभरहेड ट्याङ्की विस्तार गर्दा निस्कने पानी व्यवस्थापनका लागि ढल निकासको प्रस्ताव समेत सभामा पेश गरे । पानी वितरणमा सहज र सुलभ बनाउन अरु खाने पानीसंस्थासंग सहकार्य गर्न आवश्यक रहेको भन्दै अन्य खानेपानी संस्थाको समेत अवलोकन गरी राम्रा अभ्यासका कार्यक्रम आफ्नो संस्थामा समेत लार्गू गर्ने धारणा राखे । पानीले मानव जीवनलाई पार्न सक्ने प्रभावका बारेर आम उपभोक्तलाई सचेतना जनाउने कार्यक्रम समेत गर्ने र स्थानीय नागरिकको अवस्थालाई हेरेर धारा जडानमा लाग्र्दै आएको शुल्कलाई यथावत राख्ने बताए ।

हाल दुई लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट पानी वितरण भइरहेको र पानी वितरणमा कमी महसुस हुन नदिन थप एउटा ओभरहेड ट्याङ्की निर्माण प्रक्रिया अघि बढाइएको बताउँदै अध्यक्ष उप्रेतीले जसका लागि नेपाल सरकार खानेपानी मन्त्रालयबाट आयोजना स्वीकृत भएको समेत उल्लेख गरे । दुई चरणमा निर्माण हुने खाने पानी ट्याङ्कीका लागि ९ करोड ९१ लाख १६ हजार, ६ सय २८ रुपैयाँ ३६ पैसा स्टमेट स्वीकृत भई यसै आर्थिक वर्षबाट सो काम शुरु हुने उनको भनाई छ । अध्यक्ष चिरञ्जीवी उप्रेतीले गत आर्थिक वर्ष २०८०÷ ०८१ मा दुई किलोमिटर पाइप विस्तार, एक सय सेट धारा सामग्री खरीद, ८६ वटा नयाँ धारा जडान, ३० जनालाई नयाँ सदस्यता वितरण, ३०३ जना उपभोक्ता सदस्यहरुको हक जामुनबारी खानेपानीलाई हस्तान्तरणलगायतका कार्य गरिएको जानकारी दिए ।

खानेपानीको तेस्रो अधिवेशन उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरीले कोशी प्रदेशमा भवानी – हिमादेवी खानेपानी संस्थाले उत्कृष्ठ कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । ओभरहेड ट्ङ्की निर्माण जतिसक्दो छिटो गर्ने विस्वास समेत दिलाए ।

संस्थाका कोषाध्यक्ष भरतकुमार थपलियाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट संस्थालाई विभिन्न संरचना निर्माण गर्नका लागि छ करोड ५० लाख रुपैयाँको योजना सम्झौता भई टेण्डर प्रक्रियामा रहेको जानकारी दिए ।

साधारण सभामा लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य मनोकुमार थापाले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख चौधरीसहित कनकाई–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओली, कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको शुभकामना मन्तव्य राखेका थिए ।

खानेपानी संस्थाका सदस्य हरिप्रसाद शिवाकोटी स्वागत गरेको कार्यक्रको सञ्चालन सचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।

संस्थाको तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नयाँ नेतृत्व चयनका लागि रुद्रबहादुर थापा निर्वाचन अधिकृतका रुपमा तोकिएको भने सदस्य सचिवमा चन्द्रप्रसाद अधिकारी, सदस्यमा विष्णुप्रसाद चुडाल र यशोधा उप्रेती रहेको निर्वाचन समिति गठन गरिएको छ ।

प्रधानसम्पादक गिरी वर्ष उत्कृष्ठ पत्रकार

भवानी – हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेतीले स्थापना गरेको चिरञ्जीवी – इश्वरादेवी अक्षयकोषबाट पूर्वाञ्चल दैनिकका प्रधानसम्पदक एकराज गिरी पुरस्कृत भएका छन् । ५१ हजार पुरस्कार राशिको सो पुरस्कार प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरीसहित कोषका संस्थापक चिरञ्जीवी उप्रेती र अध्यक्ष एकराज उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेक गिरीलाई वर्ष उत्कृष्ट पत्रकारको रुपमा सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रधानसम्पादक गिरी सहित ५१ हजार पुरस्कार राशिकै उत्कृष्ट विद्यार्थीका रुपमा कनकाई माविका डिल्लीराम आचार्य, उत्कृष्ट कृषकका रुपमा कनकाई–७ का भक्तबहादुर तामाङ र उत्कृष्ट बुहारीका रुपमा कनकाई–७ की शोभा दाहाल पौडेललाई पुरस्कृत गरिएको छ । संस्थाले ३० लाख रुपैयाँको अक्षयकोषबाट चार वटा विधामा २०७९ सालदेखि उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गर्दै आएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here