काठमाडौं ।
काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी १९ वर्षीया करिना देवकोटा रहेको जन सेवा वृत्तका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
उनको साथबाट ९ लाख नगद र ६ लाख रुपैयाँको चेक बरामद प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
अरोपीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको बताइएको छ ।