सवारी दुर्घटनामा तीन जनाको मृत्यु

0
17

विराटनगर ।

मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी–८ स्थित भित्रि सडक खण्डमा प्रदेश १–०२–४०प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नरकुमार लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०३० च ४६१८ नम्वरको कार आफै अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका कारमा सवार इटहरी–१ का ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

त्यसैगरी ताप्लेजुङको फक्तालुङ–६ स्थित भित्रि सडक खण्डमा मे।१त ७७५८ नम्वरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ–६ का २६ बर्षीय भुछिरिङ शेर्पाको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here