एक सय बढी लेखा परीक्षकहरुलाई तीन दिवसीय प्रशिक्षण

0
63

झापा, नेपाल चार्टर एकाउण्टेन्सले झापा सहित इलाम, पाँचथर र ताप्लेजुङका एक सय भन्दा बढी लेखा परीक्षकलाई सहभागी गराउँदै प्रशिक्षण प्रदान गरेको छ ।
प्रशिक्षण वैशाख ५ गतेदेखि तीन दिनसम्म सञ्चालन गरिएको हो । नेपाल अडिटर एशोसिएसन झापाले व्यवस्थापन गरेको कार्यक्रममा झापा अडानका अध्यक्ष पर्शुराम बुढाथोकीले गरेका थिए । नेपाल चार्टर एकाउण्टेन्सका अध्यक्ष सुशील कुमार अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सीए युवराज उप्रेती, श्री प्रसाद निरौला, र प्रज्ज्वल अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।
नेपाल चार्टर एकाउण्टेन्स संस्थाका पार्षद तथा अडानका केन्द्रीय उपाध्यक्ष झलकमणि लम्सालले समेत प्रशिक्षणका रुपमा ासहभागी भई लेखा पढी व्यवसायीले भोग्नु परेका समस्या, पालना गर्नु पर्ने आचरण, तथा परिर्वतित लेखा नीतिका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here