पत्रकार ज्योति शाहको उपचारमा सहयोग जुट्दै, मिडिया एक्सन नेपालले गर्यो ५० हजार सहयोग

0
22

काठमाण्डौं ।

स्तन क्यान्सर भएर उपचारमा रहेकी पत्रकार ज्योति शाहको लागि उपचार खर्च जुट्ने क्रम जारी रहेको छ ।

पत्रकारहरुको पेशागत हकहित र सुरक्षामा काम गर्दै आएको मिडिया एक्सन नेपालले क्यान्सरप्रभावित शाहको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले भने, स्तन क्यान्सरको खर्चिलो उपचार गराउँदै आउनु भएकी पत्रकार शाहका लागि हाम्रो सहयोग सानो हुन सक्छ, तर हामी मिडिया समुदाय र हाम्रा शुभचिन्तकहरुलाई उहाँको उपचारमा सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

मेरो लगानी डटकममा कार्यरत ३४ वर्षीया पत्रकार शाहलाई चौथौं स्टेजको स्तन क्यान्सर प्रभाणित भएको र अहिले भारतको टाटा मेडिकल सेन्टर, कलकत्तामा उपचार गराइरहेको उनका श्रीमान पत्रकार नविन ढुंगानाले बताएका छन् । शाहको दायाँ स्तनबाट सुरु भएको क्यान्सर काखी हुँदै कलेजोसम्म फैलिएको मेडिकल रिपोर्ट आएको पनि उनले जानकारी दिए ।

शाहको उपचार सुरु भइसकेको छ । पहिलो चरणमा किमो र टार्गेटेड थेरापी दिन सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here