लागूऔषधविरुद्ध इलाम प्रहरीको अपरेशन , धमाधम पक्राउ पर्दै कारोवारी

0
50

झापा, लागूऔषधको लागि देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको झापाबाट प्रत्यक्ष प्रभावित बनेको छिमेकी जिल्ला इलाममा अपरेशन नै संचालन गरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।


इलाममा लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि इलाम प्रहरीले आज दिनभरि अपरेशन नै चलाएर लागूऔषधका कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिकाको बिभिन्न स्थानमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले इलाम नगरपालिकाको संभावित स्थानमा पुगेर घरकोठा तथा शरीरको खानतलासी गरेको थियो । त्यसक्रममा लुकाईछिपाई राखेको ३ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र विभिन्न कम्पनीको ५ थान मोबाइल बरामद भएको सूचना अधिकारी तथा डीएसपी मानबहादुर राईले जानकारी दिए । डीएसपी राईका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं। ४ पिपलबोटे बस्ने २४ वर्षीय सन्तोष भनिने सन्तबिर तामाङ , वडा नं। ६ बस्ने २९ वर्षीय नानु भनिने बिजय नेम्बाङ लिम्बू,सन्दकपुर गाउँपालिका वडा नं।४ माबु बस्ने ३० वर्षीय चेतबहादुर गुरूङ , इलाम नगरपालिका वडा नं। ७ बस्ने २७ वर्षीय सुप्रिम देवान र इलाम नगरपालिका वडा नं। ८ जिरोमा गाडी ग्यारेज संचालन गर्ने झापा बिर्तामोड नगरपालिका वडा नं। ५ बस्ने ३१ वर्षीय रोहित आलम रहेका छन् ।

पक्राउ पर्नेहरु प्रयोगकर्तासंगै कारोबारी पनि रहेको डीएसपी राईले जानकारी दिए । भारतबाट भित्र्याइने लागूऔषधलाई झापाबाट इलामलगायतका पहाडी जिल्लामा आपूर्ति गर्ने गरिएको छ । इलाम प्रहरीले लागूऔषध भित्रिन नदिनका लागि झापा र इलामको सीमामा कडाई गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here