लक्ष्मीपुर खानेपानीको निर्वाचन अध्यक्षमा नेपाल र लुइँटेलबीच प्रतिष्पर्धा

0
26

झापा, लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयनका लागि दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि नेत्रबहादुर नेपाल र मोहन लुइँटेलले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।


नेपाल समूहमा उपाध्यक्षमा छविलाल खतिवडा, सचिवमा बुद्धिसागर कट्टेल, कोषाध्यक्षमा बिमला कटुवाल तथा खुला सदस्यमा जीतबहादुर बस्नेत र गञ्जबहादुर बुढाथोकी (मनोज) रहेका छन् । महिला सदस्यमा रत्ना खड्का, गीता कार्की डाँगी र तारा धमलाको उम्मेदवारी परेको छ । लुइँटेलको समूहमा उपाध्यक्ष सुरज भण्डारी, सचिव नारायणप्रसाद काफ्ले, कोषाध्यक्ष टेकबहादुर बस्नेत, खुला सदस्यहरू भोलानाथ मिश्र र देवीराज दाहाल तथा महिला सदस्यमा हेमकला चौधरी र बिमलादेवी विश्वकर्मा रहेका छन् ।
निर्वाचन संयोजक रुपक दाहालका अनुसार, कोषाध्यक्ष पदमा समूह बाहिरका सूर्यप्रसाद रिमालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन बैशाख १८ गते हुने तय भएको छ । अर्जुनधारा नगरपालिका–५ तथा कनकाई नगरपालिका– ८ र ९ का गरी जम्मा एक हजार एक सय ७८ जना उपभोक्ता मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन् । संस्थाको विधान अनुसार ९ सदस्यीय समिति गठन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here