बिर्तामोड, भोलि वैशाख १३ गते हुने झापा जिल्ला सहकारी संघको निर्वाचनमा स्वतन्त्र रुपमा युवराज गिरीले सचिव पदमा उम्म्देवारी दिएका छन् । सहकारीमा सुशासन तथा पारदर्शीता कायम गर्ने, झापा जिल्ला भरी छरिएर रहेका प्राराम्भीक संस्थामा देखा परेका समस्यालाई सम्बोधन गर्ने, संघलाई सहकारीको छाता संस्थाको रुपमा स्थापित गराउनेलगायतका उदेश्यका साथ स्वतन्त्र रुपमा सचिब पदमा उम्मेद्वारी दिएको गिरीले बताएका छन् । उनले संघलाई सवैको अपनत्व हुने गरी कार्य गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
२०३५ साल जेठ १२ गते मा झापाको हाल बाह्रदशी गाउँपालिकास्थित कुवाडी भन्ने ठाउँमा जन्मिएका गिरीले बिभिन्न संघरसंस्थामा कुसल नेतृत्वदायी भुमिकामा रहेर जिम्मेवारी पूरा गरिसकेका छन् ।
२०६० सालदेखि सहकारी अभियानमा सक्रिय रहँदै आएका गिरीले २०६५ सालमा श्री पतालगंगा बचत तथा सहकारी संस्था स्थापना गरेर सहकारी क्षेत्रमा सक्रिय छन् । उनी हाल पनि सो सहकारी संस्थाको अध्यक्ष रहेका छन् ।
गिरी होटल ब्यवसायी संघ झापाको अध्यक्ष तथा होटल ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष, २०६७र०६८ मा स्थापना भएको बचत तथा ऋण सहकारी संघ झापाको संस्थापक सचिव, नेपाल दशनामी समाज झापाको हाल सचिव, पूर्व नेपाल दशनामी समाज युवा संरक्षण समितिको संस्थापक अध्यक्षलगायत बिभिन्न संघरसंस्थामा कुसल नेतृत्वदायी भुमिकामा रहेर कार्य गरिसकेका छन् ।
गिरीले सवै संघका सदस्यहरुलाई अध्याधिक मत दिएर बिजयी गराइदिन सवैमा आग्रह गर्दै आफुले जितेको खण्डमा समग्र सहकारी संस्थाको हितमा र संघलाई सवैको हो भन्ने अपनत्व गराउने गरी कार्य गर्ने प्रतिबद्धतासहित मतदान गरिदिन अपिलसमेत गरेका छन् । संघमा ३१३ मतदाता रहेका छन् ।