ब्राइट बिग्निङ एकाडेमीद्वारा ज्येष्ठ माता सम्मानित

0
22
अर्जुनधारा, झापाको अर्जुनधारा–४ भाङबारीस्थित ब्राइट बिग्निङ एकाडेमीको आयोजनामा आइतबार एक कार्यक्रमकोबीच ज्येष्ठ माताहरुलाई सम्मानित गरिएको छ ।
मातातीर्थ औंसीको अवसरमा “ज्येष्ठ नागरिकहरु जिउँदो तीर्थ हुन्” भन्ने उद्देश्यलाई आत्मसात गर्दै पालिकाका सबै वडाबाट छनौट गरिएको ज्येष्ठ मातालाई सम्मानित गरिएको विद्यालयकी संस्थापक जीना ओलीले बताइन् ।
विद्यालयकी संस्थापक ओलीको अध्यक्षता र अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मानीत ८ जना मातालाई रुद्राक्षको माला लगाउँदै उपहारस्वरुप साडी प्रदान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–२ निवासी मनमाया ढकाल(९८), अर्जुनधारा–३ निवासी प्रेमकुमारी काफ्ले(७४), अर्जुनधारा–४ निवासीद्वय दुर्गादेवी दाहाल(७२) र पवित्रादेवी शिवाकोटी(९४), अर्जुनधारा–८ निवासी पवित्रादेवी सत्याल(९९), अर्जुनधारा–९ निवासी हर्कमाया निरौला, अर्जुनधारा–१० निवासी कोमाया गिरी र अर्जुनधारा–११ निवासी नरमाया सुनुवार(८२) रहेका छन् ।
पत्रकारद्वय अमित खम्बू र दीपक ढुंगानाले मन्तव्य राखेको कार्यक्रममा छात्राद्वय नीलम उप्रेती, विद्या शिवाकोटी र कक्षा–५का छात्राहरुले माता सम्बन्धी कविता प्रस्तुत गरेका थिए । विद्यालयका अनुशासन प्रमुख यमनकुमार दनुवारले स्वागत गान प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक राजिव निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here