बिर्तामोड, विक्रीमा किर्तिमान कायम गरेको इलेक्ट्रीक गाडी ‘बीवाईडी’को वृहत ग्राहक मेला शनिबार झापामा सम्पन्न भएको छ ।
‘बीवाईडी’ र तपाईं संगै अघि बढौं भन्ने नाराकासाथ बिर्तामोडबाट सुरु भएको ‘बीवाईडी’ कार र्याली धुलाबारीस्थित होटल मेची क्राउन(एचएमसी)सम्म पुगेको थियो । त्यहाँ औपचारिक र मनोरञ्जनात्मक कार्यक्रम भएका थिए ।
बिर्तामोडका लागि ‘बीवाईडी’ गाडीको आधिकारिक विक्रेता प्लग इन मोटर्स प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा अध्यक्ष विकास बस्नेतले वितेको तीन वर्षमा दुई सय बढी ‘बीवाईडी’ कार विक्री गर्न सफल भएको जानकारी दिए । इलेक्ट्रीक गाडी मध्ये ‘बीवाईडी’ अधिकांशको रोजाइ र भरपर्दो रहेको उनले बताए । ग्राहको माग र गुनासालाई सम्वोधन गरी सेवालाई प्रभावकारी बनाउन ‘बीवाईडी’ परिवार प्रतिवद्ध रहेको बस्नेतले सुनाए ।
‘बीवाईडी’को ग्राहक मेला मै दुई जना नयाँ ग्राहकलाई सम्मानसहित चाबी हस्तान्तरण गरिएको थियो । दमकका जयबहादुर श्रेष्ठ र बिर्तामोडका लोकनाथ सिग्देललाई कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एनवाईईएफका अध्यक्ष डा.रुपेश बेल्बासे, प्लग इन मोटर्सका अध्यक्ष बस्नेत र सीईओ रोनिस बस्नेतले ‘बीवाईडी’को चाबी हस्तान्तरण गरेका थिए । त्यस अवसरमा ‘बीवाईडी’का पुराना ग्राहक डा.सचिन शिल्पकार र नयाँ ग्राहक श्रेष्ठले ‘बीवाईडी’ नै रोज्नुको कारण र यसका फाइदा बारे जानकारी गराएका थिए ।
चर्चित गायक अस्मिता अधिकारी र महेश काफ्लेको जोडीले गीत प्रस्तुत गरेका थिए भने विभिन्न खेल मार्फत ‘बीवाईडी’को ग्राहकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । ‘बीवाईडी’का ग्राहकहरु परिवारका सदस्यहरुसहित उल्लेख्य संख्यामा कार्यक्रममा सहभागी थिए . (फोटो फिचर )