झापा । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले २०८१ का तीन विधाका पुरस्कार सम्मान तथा समर्पण गर्ने निर्णय सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार १ लाख १ हजार १ सय ११ रुपियाँ राशीको गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०८१ मानव अधिकार एकल महिला समूहलाई प्रदान गर्ने निर्णय गरेको छ भने सोही राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार, वि।स। २०८१ बाट पत्रकार बिनु सुवेदीलाई, १ लाख १ हजार १ सय ११ रुपियाँ राशीको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार वि। स। २०८१ बाट सदिक्षा पण्डित ९हेलम्बु० र त्रिदेव पौडेल ९नवलपरासी० लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष प्रदान गर्दै आएका दिएको पुरस्कार तथा सम्मान समर्पण २०८२ साल वैशाख २० गते शनिबारका दिन बिहानको ११ बजे नेपाल पर्यटन बोर्डको सभा कक्ष प्रदर्शनी मार्गमा प्रतिनिधि सभाका उप(सभामुख माननीय इन्दिरा राना प्रमुख आतिथ्यतामा गरिने समेत प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनु भएको छ ।
विधागत विज्ञहरूको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिस तथा संस्थाको निर्णयका आधारमा प्रदान गरिँदै आएका पुरस्कार तथा सम्मान ऐतिहासिक कालदेखि विभिन्न कुरिती जन्य विश्वास परम्परा र मान्यता बाट सामाजिक, आर्थिक सास्कृतिक विभेद, बहिष्करण हिंसा र अपमानजनक स्थितिमा बाँच्न विवश पारिएका विधवा महिलाहरूको स्थितिमा मानव अधिकारमा आधारित सम्मानजनक सामाजिक रूपान्तरण पहिचान, आत्मनिर्भरता, न्यायिक पहुँच, कानुनी सुधार, सामाजिक पुनर्स्थापना र समग्र मानव अधिकारको प्रवर्द्धन० लाई केन्द्रमा राखेर थालनी गरेको अभियानले उनीहरूको सम्मानजनक पहिचान स्थापित गर्न उल्लेख्य योगदान गरेवापत विगत ३० वर्षदेखि कार्यरत सस्था महिलाका लागि मानव अधिकार एकल महिला समूह ९डब्लु एच आर० काठमाडौँलाई गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०८१ बाट सम्मानित एवं पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले जारी विज्ञप्तीमा उल्लेख छ।
प्रतिष्ठानको अर्को पुरस्कार अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता विधामा महिलाहरूको विषय नमानिने असहज र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारिताबाट विगत २० वर्षअघि १५ वर्षको कलिलो उमेरदेखि नै कलम चलाउन सुरु गर्नु भएकी बिनु सुवेदीलाई दिने निर्णय गरिएको छ । प्रतिष्ठानले सीमान्तकृत नागरिकहरूको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आर्थिक र सामाजिक पीडाका समाचारहरू र पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पुर्याएको योगदानको कदर स्वरूप पत्रकार सुवेदीलाई यस वर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गर्ने टुङ्गोमा प्रतिष्ठान पुगेको बताएको छ।
त्यसैगरी लाख १ हजार १ सय ११ रुपियाँ राशीको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१ बाट आफ्नो विलक्षण प्रतिभा र सोचका कारण कलिलो उमेरमा नै आफ्नो लेखनीको क्षमता प्रदर्शित गर्ने सदिक्षा पण्डित ९हेलम्बु० र त्रिदेव पौडेल, काठमाडौँलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको समेत प्रतिष्ठानले जनाएको छ । लैङ्गिककृत सामाजिकीकरण प्रक्रियाको परिणामबाट सिर्जित बालबालिकाको सामाजिक पहिचानको आधार छुट्याइने भूमिकाको आधारमा गरिने भिन्न व्यवहारमा समानताका पक्ष, समाजमा प्रचलित बालविवाह, महिला हिंसा, जातिगत भेदभाव, महिनावारी तथा वातावरण आदिका सम्बन्धमा कक्षा सातमा अध्ययनरत ११ वर्षकै कलिलो उमेरमा अभियन्ताका रूपमा स्थापित भई परम्परागत किताबी शिक्षा र समाज सुधारका क्षेत्रलाई एकैसाथ अगाडि बढाउन देखाएको कार्यका लागि हेलम्बुकी सदिक्षा पण्डितलाई र राष्ट्र र राष्ट्रियता प्रतिको सम्मानमा कलम नेपाली बाल साहित्य इतिहासमा राष्ट्र चलाउने साना लेखकको रुपमा चिनिनुभएका, १४ वर्षको उमेरमा १३ वटा कविता, ९ वटा कथा १७ वटा निवन्धनात्मक लेख, ४ वटा नाटक र करिव ४० वटा भन्दा बढी विभिन्न चित्रहरु तयार पार्ने नवलपरासीका त्रिदेव पौडेललाई देवी बोली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१ प्रदान गर्ने समेत निर्णय गरिएको छ ।
प्रतिष्ठान समाज र समुदायमा भएका उल्लेख्य र अनुकरणीय अभ्यास, प्रयास र योगदानहरूलाई सम्मान र पुरस्कारको माध्यमबाट उत्साहित र प्रेरित गर्दै सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसाथ गर्दै श्रद्धेय स्व श्रीप्रसाद ओलीले १ करोड राशिको अक्षय कोष खडा गरी वि।स। २०६७ सालमा झापामा स्थापित यस रुद्र(गौरी श्री(अम्बिका ओली प्रतिष्ठान एक गैर राजनीति, गैर नाफामूलक र गैर सरकारी सामाजिक संस्था कृयाशील रहँदै आएको छ । आफ्नो स्थापनाको आरम्भदेखि कृषि, महिला सशक्तिकरण, साहित्य र पत्रकारिताका साथै बालबालिकाको क्षेत्रमा भएका असल अभ्यासहरूको खोजी गरी प्रोत्साहन, हौसला र प्रेरणा प्रदान गर्ने कार्य गर्दै आएकोमा वि।स। २०७९ देखि राष्ट्रको समुन्नतिमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल व्यक्तित्वलाई समेत प्रत्येक दुई वर्षको अन्तरालमा ५ लाख राशिको प्रज्ञान पुरस्कारद्वारा सम्मानित गर्ने गरेको छ । यसअघि प्रतिष्ठानले हालसम्म स्व। श्रीप्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शमशेर ज।व।रा र डाक्टर सन्दुक रुहित सहित २ जना, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट महारानी झोडा साना किसान कृषि सहकारी लगायत ११ जना, गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव सेवा आश्रम लगायत ९ जना, अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट भैरव रिसाल सहित ९ जना तथा देवी ओली स्मृति राष्ट्रिय वाल पुरस्कारबाट सिविन सहित ९ जनाको योगदानलाई कदर गर्ने सम्मानसहित पुरस्कृत गरिसकेको छ ।